अमेरिकाको लोभ देखाएर लेबनान: नेपाली युवतीलाई चरम यातना

ENGLISH

NRN GLOBAL

अमेरिकाको लोभ देखाएर लेबनान: नेपाली युवतीलाई चरम यातना

13 March, 2018 | Sandeep Bhattarai | 2605 Views | comments

आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।

लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रूपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन । अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिँदैन, लामो कागजी झन्झट पूरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । ‘नेपाली महिलाका लागि लेबनान न काम गर्न सहज छ न फर्किन नै,’ दूतावासका एक अधिकारीले भने ।

‘लेबनान, युद्धग्रस्त सिरियासहित अन्य अफ्रिकी मुलुकमा पछिल्लो समय नेपाली महिला घरेलु कामदार अलपत्र पर्ने क्रम बढेको छ,’ इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले भने, ‘हामी लगातार उद्धारमा लागिरहेका छौं । यता पठाउनेहरूलाई पत्ता लगाएर कारबाही नगरेसम्म त्यो शृंखला रोकिँदैन ।’

दूतावासले फिर्ता पठाएका पीडितको बयान र उजुरीका आधारमा मानव तस्करीमा संलग्नलाई तत्काल कारबाही गर्न र जनचेतना फैलाउनसमेत उनले सरकारलाई सुझाएका छन् । जनचेतनाको कमीले पनि यस्ताको लोभमा नेपाली महिला पर्ने गरेको उनको भनाइ छ । लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् । शान्ति सेना भएका कारण समस्या नपर्ने र पछि अमेरिका जानसमेत सहज हुने झूटो आश्वासन दिएर घरेलु कामदारका रूपमानेपाली महिला त्यहाँ पुर्‍याउने गरिएको छ । कतिपयलाई युरोप लैजाने भनेर पनि त्यहाँ पुर्‍याइएको जानकारी आएको पनि दूतावासले उल्लेख गरेको छ ।

राजदूत अर्यालका अनुसार लेबनानबाट पछिल्लो तीन महिनामा दुई पटक गरी १७ नेपाली महिलाको उद्धार गरिसकिएको छ । काठमाडौं विमानस्थलबाट अर्कै मुलुक पुर्‍याई त्यहाँबाट लेबनान लैजाने काम भइरहेको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । लेबनानमा ८ सय ७२ नेपाली सैनिक शान्ति मिसनमा छन् । लामो समयदेखि लेबनानमा अवैध रूपमा बस्दै आएका ६ नेपाली महिलालाई आइतबार काठमाडौं पठाइएको पनि दूतावासले जनाएको छ ।

कान्तिपुरबाट

लेबनानमा अवैधानिक रुपमा बस्दै आएका छ नेपाली महिला कामदार स्वदेश फिर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK