अमेरिकाको बोष्टनमा तमु ल्होछार पर्व सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिकाको बोष्टनमा तमु ल्होछार पर्व सम्पन्न

29 December, 2016 | Bipin Acharya | 1000 Views | comments

bostan-tamu-samaj-losar-1

अमेरिकाको बोष्टनमा तमु ल्होछार पर्व धुमधामसँग मनाइएको छ । बोष्टन तमु समाजले वाटरटाउन सिटीमा बिबिध नेपाली सास्कृतिक प्रस्तुति एवं स्वादिष्ट नेपाली परिकारहरु सहित छ्या ल्हो, तमु ल्होछार कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यबाट आएका तमु तथा गैह्रतमु नेपालीहरुको सहभागिता थियो । बिगत १४ वर्षदेखि आफ्नो कला संस्कृति भेषभुषा जगेर्ना गर्दै आएका बोष्टन तमु समाजका कार्यकर्ता, आमा टोली तथा महिला दिदी बहिनीहरु खटनसम्म खटेर ल्होछार हल सजाएका थिए ।

साँस्कृतिक प्रस्तुती, स्वादिष्ट नेपाली परिकार, गुरुङ भेषभुषा, अमर थापाको डिजे धमाकाले सहभागीलाई नचाएको थियो ।

खगेन्द्र गुरुङ, इरिशा गुरुङ, रोजित गुरुङले पालैपालो कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाका खगेन्द्र गुरुङले छोटो औपचारिक कार्यक्रम सकेपछि नेपाली तथा अमेरिकन राष्ट्रिय गीत बजाइएको थियो । ‘आसिमाला छ्याजालो’ अभिवादनसँगै अगाडि बढेको कार्यक्रममा बौद्ध गुरु भिक्षु डा. प्रज्ञालोक र डा. सोरता माहाथेरोबाट वौद्ध पुजा अर्चना गरिएको थियो ।

डा. प्राज्ञलोकले बौद्धमार्गीहरुले मासाचुसेट राज्यमा स्वयम्भु प्रोजेक्ट शुरु गर्न लागेको खुसीको कुरा सुनाउँदै यसका लागि आफूहरू अब जग्गा खोज्ने क्रममा रहेको कुरा ब्यक्त गरे ।

कार्यक्रममा पुष्पा गुरुङले स्वागत गीत गाइन् भने समाजकी अध्यक्ष सम्झना गुरुङले स्वागत मन्तब्य राखिन् । लगत्तै सांगितिक टोलीका कलाकारहरु श्याम नेपाली, रञ्जन बुढाथोकी, अन्जन बुढाथोकी, अनुभव थपलिया, नन्दु शंकर, ओम बुढाथोकीलगायतले हिमालय हेरिटेज कल्चरल एकेडेमीको लाइभ प्रस्तुति दिएका थिए । कार्यक्रममा घाटु नृत्य, गुरुङ नृत्य, तामाङ सेलो, कौडा नाच, नेपाली लोक नृत्य, आधुनिक नृत्य, झ्याउरे नृत्य, सुदूरपश्चिमको हुडकेली नृत्य आदि प्रस्तुत भएका थिए ।

कार्यक्रमको अन्तिमतिर बोष्टन तमु समाजका सचिव मिन गुरुङले तमु ल्होछारको लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । समाजकी अध्यक्ष सम्झना गुरुङ र कोषाध्यक्ष कोषाध्यक्ष कमला गुरुङले कलाकार टिमलाई सम्मान गरुेका थिए । कार्यक्रममा ग्रेटर बोष्टनस्थित सामाजिक नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई अतिथीको रुपमा निम्त्याइएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK