अमेरिकाको बाल्टिमोरमा तमु ल्होसार भब्यताका साथ मनाईयो

ENGLISH

NRN GLOBAL

अमेरिकाको बाल्टिमोरमा तमु ल्होसार भब्यताका साथ मनाईयो

खेम भट्टचन, वाशिंगटन, डिसी

7 January, 2017 | Sandeep Bhattarai | 1260 Views | comments

अमेरिकाको बाल्टिमोर शहरमा बाल्टिमोर तमु समाजको आयोजनामा तमु ल्होसार भब्यताको साथ मनाईयो ।

ल्होसार

स्वागत समारोह र विविध सांस्कृतिक कार्यक्रम गरेर दुई चरणमा संचालित कार्यक्रममा गुरुङ भाषाको गीतहरु र गुरुङ संस्कृतीको छ्यादु नृत्य, छ्याले नृत्य, कौडा र मारुनी नृत्यमा दर्शकहरुले भरपुर मनोरंजन लिए ।

रात्रिभोज सहित पे बार को पनी ब्यबस्था गरिएको उक्त रमाईलो साँझमा गुरुङ भाषाको गीत तथा नृत्यहरु सहितको सांस्कृतिक कार्यक्रममा दर्शकहरु मध्ये रात सम्मै नाचेका थिए ।नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट शुरु गरिएको स्वागत समारोहमा भर्खरै नेपाल देखी आउनु भएकी आदिबासी जनजाती महिला महासंघकी केन्द्रिय उप-सभापती कुसुम भट्टचनलाई खादा र ब्याच लगाईदिएर अमेरिकामा स्वागत गरिएको थियो।

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको स्वागत समारोहमा ल्होसार सयोजक कुल प्रसाद गुरुंगले उपस्थित सबैलाई स्वागत गरेका थिए। बाल्टिमोर तमु समाजको आयोजनामा योपहिलो ल्होसार भएको कुरा संस्थाका सल्लाहकार कुल प्रसाद गुरुङले आफ्नो स्वागत मन्तब्यमा बताए ।

कार्यक्रमका प्रमुख अतिथी प्रेमराजा महत, बाल्टिमोर तमु समाजका अध्यक्ष दिनेश गुरुङ र बयोबृद्ध लोक बहादुर गुरुङ तीन जनाले संयुक्त रुपमा पानसमा बत्ति बालेर ऊद्घाटन गरिएको स्वागत समारोहमा ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष श्री नन्द गुरुङले सम्बोधन गरेका थिए।

ल्होसार

म्याग्दी जिल्ला ताकम धारापानीका मोहन थापा संचालक रहेको बाल्टिमोरको पुलस्की हाईवे व्हाईट मार्श स्थित पार्कर्स नाम गरेको गरेको ३०० सिट क्षमताको पार्टी प्यालेस जस्तै मोटेलको ब्यान्क्वेट हलमा तमु ल्होसार आयोजना गरिएको थियो।

२६००-तमू च्या ल्होसार २०१६’ अमेरिकाको आइअोवामा मनाइदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK