अमेरिकाको न्यूयोर्कमा साकेला–उभौलीको रौनक

ENGLISH

NRN GLOBAL

अमेरिकाको न्यूयोर्कमा साकेला–उभौलीको रौनक

27 December, 2016 | Bipin Acharya | 1055 Views | comments

आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लुइसाङ वाइबाको प्रमुख आतिथ्य रहेको समारोहमा ढोल र झ्याम्टाको तालमा महिला र पुरुषले नाच (सिली) प्रर्दशन गरेका थिए । दीपप्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

dance

नेपाल र अमेरिकाको राष्ट्रगान गाएर औपचारिक समारोहमा सुरु भएको थियो । प्रकृतिपूजक किरात राईहरु विभिन्न प्राणीको हाउभाउसहित साकेला सिली प्रदर्शन गरेका थिए । हरेक मंसिरदेखि माघसम्म उधौली र वैशाख–जेठमा उभौली साकेला चाड मनाउने गर्दछन् ।

मनु लोहोरुङको संयोजकत्वमा सम्पन्न सुम्निमा सााझमा किरात राईलगायत नेपालीहरुको भव्य उपस्थिति रहेको थियो । न्यूयोर्क क्वीन्स् अस्टोरियास्थित अडिटोरियम् सेन्ट्रो स्पानोल हलमा नेपाल झल्किने विभिन्न नाचगान प्रदर्शन गरिएको थियो ।

हाल अमेरिकामा रहका कलाकारहरु पबिधन राई, सपनाश्री, बिमल डाागी, राजेन्द्र राई, बसन्ती राई, एञ्जिला राई, तिलक श्रेष्ठ, समन बुढामगर, राहुल र आदित्य ब्याण्डले गीत प्रस्तुत गरेका थिए । किराती चेलीहरुले ‘यो भूमि चुम्ने पहिलो हामी हौं मुलवासी…’ गीतमा नृत्य प्रस्तुत गरेका थिए । सामुहिक साकेला सिली, मालती मगर, मञ्जु राईले एकल नृत्य तथा मगर संघका कलाकारले कौडा नृत्य प्रस्तुत गरेका थिए ।

किरात राई सोसाईटी अफ अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष भारती राईको सभापतित्वमा सम्पन्न समारोहमा त्यस अवसरमा संगीतकर्मी पबिधन राई र आदिवासी जनजाति महासंघ अध्यक्ष लुइसाङ वाइबालाई सम्मान गरिएको न्यूयोर्कबाट अग्नि साम्पाङले विज्ञप्तिमा जनाएका छन् ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK