अमेरिकाको न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

ENGLISH

NRN GLOBAL

अमेरिकाको न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

29 July, 2017 | Bipin Acharya | 835 Views | comments

विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना), अमेरिकाको आयोजनामा हुने चलचित्र महोत्सव अगस्त २५ तारिखदेखि तीन दिनसम्म ढाका क्लवमा हुनेछ ।

नेपाली आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र सामाजिक रुपान्तरणको विषयलाई समेटेर निर्माण गरिएका चलचित्र, कलाकार र प्राविधिकहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

फिप्नाका अध्यक्ष लुङसाङ वाईवाले भने, ‘मुलधारका चलचित्रबाट ओझेलमा परेका आदिवासी चलचित्रहरु प्रवर्द्धन गर्ने महोत्सवको लक्ष्य हो र यो अमेरिकामा पहिलोपटक आदिवासी चलचित्र महोत्सव आयोजना हुन गईरहेको छ ।’

तीन दिने महोत्सवमा चलचित्र र लघु चलचित्र गरि कुल एघार चलचित्र प्रर्दशन गरिनेछ । लिम्बु भाषाको ‘हेलुक्वा’, मगर भाषाको ‘लोम्बा’, नेवारी चलचित्र ‘कृषा गौतमी’ र गुरुङ भाषाको ‘मैंरिमो’ चलचित्र प्रर्दशन गरिनेछ । त्यसैगरी राई भाषाको ‘सुम्निमा’, तामाङ भाषी चलचित्र ‘सेम ताबा म्ही’ र मुस्ताङी चलचित्र ‘शेरढाक’ लाई महोत्सवमा स्थान दिईएको छ । लघु चलचित्रहरुमा मुगालको ‘फेके’, माझीको ‘बन्ठी’, नेवारको ‘कल्ली’ र थारुको ‘लाज’ को प्रर्दशन गरिने महोत्सव संयोजक मणी बाङ्देल राईद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा उल्लेख छ ।

सन २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरुस्कार जितेको राई भाषाको ‘मतान’ र सन २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषी ‘कर्म क्या’ को महोत्सवमा बिशेष प्रर्दशन गरिने छ ।

एघार विधामा उत्कृष्टहरुलाई पुरुस्कार र सम्मान प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद सहित प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

महोत्सवलाई भव्य, सभ्य र व्यवस्थितरुपमा सञ्चालन र समापन गर्नको लागि मुख्य आयोजक संस्था फिप्ना र मातहतका सम्पूर्ण संगठनहरु सह–आयोजकको रुपमा रहनेछ । यसैगरी आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) महोत्सवको सह–आयोजक र नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क, महोत्सवमा बिशेष सहयोगी संस्था रहनेछन् ।कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK