अमेरिकाको क्यालिफोर्निया राज्यमा एक्कासी च्याबभ्रुंग घन्कियो

ENGLISH

NRN GLOBAL

अमेरिकाको क्यालिफोर्निया राज्यमा एक्कासी च्याबभ्रुंग घन्कियो

11 July, 2016 | Sandeep Bhattarai | 1445 Views | comments

गत शनिबारको दिन अमेरिकाको क्यालिफोर्निया राज्यको अलामेदा सिटी स्थित वासिंगटन पार्कमा एक्कासी च्याबभ्रुंग घन्कियो । कुरो बुझ्दै जाँदा नेपाल, भुटान, बर्माबाट अमेरिका आई बसोबास गर्ने लिम्बुजातीहरुको सांझा सामाजिक संस्था किराँत याक्थुम चुम्लुङ्ग अमेरिकाको क्यालिफोर्निया शाखाको आयोजनामा गरिएको उनीहरुको राष्ट्रिय चांड ” सिसेक्पा तंङ्नाम” कार्यक्रममा यो दृश्य देखिएको थियो ।

chyamgbrung

उक्त कार्यक्रममा मुख्य आकर्षणको रुपमा रहेको यो अजङ्गको च्याबभ्रुंग बाजा पार्क नै थर्किने गरि बजाउदै त्यसैको तालमा खुट्टाको लय मिलाउदै सबै नाँचेका थिए, त्यसै गरि लिम्बुजातीको संस्कृति झल्काउने उनीहरुको परम्परागत मौलिक नाँच ” धान नाँच ” समेत पालम गाउँदै गोलो घेरा बनाई घुम्दै नाँचिएको थियो ।

डिसी नेपाल अनलाइन पत्रिकाबाट संसारभर प्रतक्ष्य प्रशारण गरिएको यो औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री रोशन सुब्बा लिबांग ज्यु ले गर्नु भएको थियो भने संचालन केबिन नेम्बांगको रहेको थियो । अथिति मन्तब्य राख्नेहरुमा जनजाती महासंघ क्यालिफोर्निया शाखाका अध्यक्ष श्री रेशम तामांग र मदरल्याण्ड नेपालका अध्यक्ष श्री अनिल पाण्डे हुनुहुन्थ्यो, त्यसै गरि संस्थाका सल्लाहकार त्रय श्री आइत सुब्बा, श्री टंक फोम्बो र श्री शुरेन्द्र फोम्बो ज्युहरु बाट पनि आफ्नो सुझाब मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सफल पार्न फिल्डमा खटिने सहयोगीहरुमा मनिराज लिम्बु, एल बि नेम्बांग, मान राई, शान्ता नेम्बांग, मायाकुमारी लिम्बु, तारा लिबांग, बिष्णु क्षेत्री, शरु साँवा, गणेश लिम्बु, सह सुब्बा, जीवन सुब्बा, ताराहाङ् नेम्बांग, तेज फोम्बो, जोर राई, ओशिन लिम्बु, शिला लिम्बु, अशोक राई, चन्द्र सुब्बा, शुमेरु फोम्बो लगायतका हुनुहुन्थ्यो ।

chyangbrung1

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष ज्युको अध्यक्षतामा बसेको सामुहिक बैठकले उपस्थित सबैलाइ धन्यवाद दिंदै श्रीमती लिली सुब्बालाई आगामी बर्षमा मनाईने सिसेक्पा तंङ्नाम-२०१७ को लागी कार्यक्रमको मुख्य संयोजकमा मनोनित गरेको निर्णय गर्दै सो कुराको जानकारी गराईएको थिए ।

यो पनि हेर्नुस – न्युयोर्कका नगर प्रमुखले नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई शुभकामना

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK