अमेरिकाको कोलोराडोमा नेपालीहरुको समर पिकनिक सम्पन्न

ENGLISH

NRN GLOBAL

अमेरिकाको कोलोराडोमा नेपालीहरुको समर पिकनिक सम्पन्न

नातिबाबु भट्ट

19 July, 2017 | Bipin Acharya | 745 Views | comments

अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरुवीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले समर पिकनिकसंगै विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा अमेरिकाका लागि नेपालका राजदुत डा.अर्जुन कार्कीको प्रमुख आतिथ्यता र स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङ, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल, उपाध्यक्ष रामसी पोख्रेल लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा झण्डै ८ सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा निवन्ध लेखन प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई नगदसहित प्रशंसापत्र वितरण गरिएको थियो ।

माध्यामिक स्कूलमा अध्ययनरत छात्रछात्रावीच गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई क्रमश १५०, १०० र ५० डलर नगद प्रदान गरिएको थियो ।

त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न ७ किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो ।

यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाईसाईकल, रेस बास्केट बल लगायतका रहेका थिए ।

कार्यक्रममा खेलकुदका बिजयी भएकाहरुलाई प्रमुख अतिथि राजदुत डा. कार्की, बिशेष अतिथि मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष बिनोद त्रिपाठीले संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।

वालवालिका, बृद्धबृद्धा, युवकयुवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरुको उपस्थिति उलेख्य रहेको थियो ।

ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागी वालवालिका र महिलाहरुलाई म्यूजिकल चियर खेल खेलाइएको थियो ।

सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो । कार्यक्रमको अन्त्यमा पिकनिक सहभागीहरु नेपाली गीत र नाचका साथ मनोरञ्जन गरेका थिए ।

अध्यक्ष बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK