अमेरिकाको कोलोराडोमा नारायण गोपाल स्मृती कवि गोष्ठी गरिने

ENGLISH

NRN GLOBAL

अमेरिकाको कोलोराडोमा नारायण गोपाल स्मृती कवि गोष्ठी गरिने

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका ।

17 December, 2018 | Kabiraj Adhikari | 2055 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा स्वर सम्राट नारायण गोपालको २८ औं स्मृती दिवस पारेर कवी गोष्ठीको कार्यक्रम गरिने भएको छ ।

श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्गत यहि डिसेम्बर २२ तारिकका दिन कोलोराडो नर्थग्यालेन स्थित क्रसरोड चर्जमा स्वर सम्राट नारायण गोपालको २८ औं स्मृती दिवस पारेर कवी गोष्ठी कार्यक्रम गर्न लागिएको हो ।

बि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मेका नारायण गोपाल सानै उमेर देखी संगीतमा चाख दिन्थे । उनी कुशल तवला बादक पनि थिए । कर्णप्रीय स्वरका धनी स्वर सम्राट नारायण गोपालले आफ्नो जिवन कालमा ५ सय भन्दा बढी सुमधुर गीतहरु नेपाल र नेपाली भाषीहरुलाई छोड्दै बि.सं २०४७ मङ्सिर १९ गते यस धर्तीबाट बिदा भएका थिए ।

उनै स्वर सम्राटको संझनामा आफ्ना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, सामाजिक अभियान्ता, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हुँदै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK