अमेरिकाका नेपालीहरुले कौडा र तासमा रमाउदै दशैँ मनोरंजन गर्दै मनाए(तस्बिर सहित)

ENGLISH

NRN GLOBAL

अमेरिकाका नेपालीहरुले कौडा र तासमा रमाउदै दशैँ मनोरंजन गर्दै मनाए(तस्बिर सहित)

विजय थापा,अमेरिका

20 October, 2018 | Sandeep Bhattarai | 5585 Views | comments

दशैँ

नेपालमा टीकाको शुभ साइत ९ बजेर ५१ मिनेट रहेकोले नेपालको जस्तै शुभ साइतमा अमेरिकामा बसोबास गर्ने नेपालीहरुले दशैँ मनाएका छन् । मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापी मनाएका छन् ।

नेपालमा यस पटक ९ बजेर ५१ मिनेटको लागि विशेष साइत रहेकोले त्यसलाई नै आधार मानेता पनि यस पटक दशैँ शुक्रबार कामको दिन परेकोले बिहान देखि नै पोहोर सालको जस्तो चहल पहल हुन् सकेन । अमेरिकाका केही पण्डितहरुले ९:३० देखि पनि टीकाको साइत भनेका थिए ।

दशैँ

तर आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिने भएकोले काममा घर फर्के पछि साँझ देखि चहल पहल भएको छ ।बर्ष दिनमा एक पटक आउने चाड त्यसमा पनि सबै भन्दा ठूलो चाड दशैँ शुक्रबार परेता पनि अधिकांश नेपालीले बिदा तथा छुट्टी लिएर भएता पनि आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन पाउँदा निकै हर्षित देखिन्थे l

नेपाली समुदायको लागि अमेरिकामा स्थापित विभिन्न संघ/संस्था तथा नेपाली द्वारा स्थापित नेपाली मन्दिरहरुले जमराको व्यवस्था गरेका छन् । कैयौ नेपालीहरुले आफै पनि घर घरमा जमरा राख्न थालेका छन् ।

नेपाल जस्तै गरि आफ्ना छोराछोरी ,बुवाआमा तथा परिवार तथा सन्तानहरुलाई नया लुगा समेत खरिद गरि दिएका छन् । टिका लगाउन आउने र जानेहरु नया लुगा बिसेष गरि पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपी लगाएका देखिन्थे । यसै गरि महिलाहरु नेपालबाट मगाइएका फरिया तथा अधिकांश नेपाल मै बनाइएका सुनका गरगहनामा सजिएका देखिन्थे ।

अमेरिकामा अधिकांश सबै स्थानमा खसी पाइने हुनाले घटस्थापना देखि नै मासुका विभिन्न परिकार बनाएर नेपाली समुदायले आफ्ना सामाजिक संजालमा प्रदर्शन गरेका भेटिन्थे ।

साथै नेपाल जस्तै गरि कवाफ (पक्कु) ,कलेजो ,रक्ती ,भित्र्यास ,काक्राको खल्पी ,भुटेको भुडी ,कालो मासको दाल ,केराको बुङ्गोको अचार ,नेपाली शैलीका अचार तथा चिउरा ,तामाबोडी ,सेलरोटी ,आदि ईत्यादी समेत आफू ,परिवार तथा अतिथिहरुलाई खुवाएका छन् l

अमेरिकामा जन्मिएका र हुर्किएका दोश्रो पुस्ताका बालबालिकाहरुले आफ्ना हजुरबुवा हजुरआमा ,बुवाआमा तथा आफू भन्दा ठूलाहरु संग टिका जमरा साथै आशिर्वाद लिदै पैसा प्राप्त गर्दा निकै खुशी तथा रमाएका देखिन्थे । घटस्थापना देखि नै समय व्यवस्थापन गरेर भएता पनि तास खेल्न खेल्नुको साथै केहीले कही कौडा पनि खेल्न भ्याएका छन् ।

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK