अमेरिकाका नेपालीहरुद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग

ENGLISH

NRN GLOBAL

अमेरिकाका नेपालीहरुद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई सहयोग

13 June, 2016 | Bipin Acharya | 565 Views | comments

Help-to-Dhurmus-Suntali-Foundationअमेरिकाको टोलेडो ओहायोका नेपालीहरुले धुर्मुस-सुन्तली फाउण्डेशनलाई १ लाख १७ हजार ९ सय ३० रुपैयाँ सहयोग गरेका छन् । धुर्मुुस-सुन्तली फाउण्डेशनले गिरान्चौर सिन्धुपाल्चोकमा निर्माण गरिरहेको एकीकृत बस्तीलाई टोलेडो ओहायोका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

मुख्यतया स्थानीय टोलेडो विश्वविद्यालयका नेपाली विद्यार्थीहरु र नेपाली समुदायले भूकम्प पीडित बस्ती निर्माणका लागि सहयोग गरेको डा. लीलाराज दाहालले जानकारी दिए ।

टोलेडोका नेपालीहरुले भूकम्प पीडित र सिन्धुपाल्चोक जिल्लाको राम्चेका पहिरो पीडितहरुलाई सहयोग गर्दै आएका छन् । ‘यसअघि पनि हामीहरुले पटक-पटक आर्थिक सहयोग गरिरहेका थियौं,’ डा. दाहालले भने, ‘मातृभूमिलाई अप्ठ्यारोमा परेका बेला यथासक्य सहयोग गरिरहने छौं ।’

भूकम्प गएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि पुनर्निर्माणमा सरकारी निकायहरु खासै प्रभावकारी नभैरहेको परिप्रेक्षमा गिराञ्चौरमा ६५ परिवारका लागि ४ करोड रुपैयाँको लागतमा वातावरण मैत्री, बाल मैत्री, तथा अपांग मैत्री एकीकृत बस्ती निर्माणमा धुर्मुस-सुन्तली फाउण्डेशनले अग्रसरता लिएको छ ।

फाउण्डेसनको कामलाई टोलेडो ओहायोका नेपालीहरुले सह्राना गर्दै सहयोग गर्न अग्रसर भएका हुन् । साथै भूकम्प गएको केही महिना पछि नै काभ्रेको पाँचखालमा अति बिपन्न पहरी समुदायहरुलाई २० वटा घर सहितको एकीकृत बस्ती निर्माण सम्पन्न गरेर अढाई महिनाभन्दा कम समयमा हस्तान्तरण गर्न सफल भएकाले पनि उनीहरुप्रति विश्वास बढेको अमेरिकामा बसोबास गर्ने नेपालीहरु बताउँछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK