अमेरिकाका एनआरएनए शाखाहरु रुष्ट

ENGLISH

NRN GLOBAL

अमेरिकाका एनआरएनए शाखाहरु रुष्ट

13 May, 2017 | Bipin Acharya | 655 Views | comments

अमेरिकाका एनआरएनए  शाखाहरु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका संग रुष्ट भएका छन् । एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग सहित छापा बिज्ञप्ति मार्फत सचेत गराएका छन् ।

उक्त छापा बिज्ञप्तिमा एनआरएन एनसीसी बिना राज्यका शाखाको बैधानिकता नै रहदैन भनि उल्लेख गर्दै एनआरएन अमेरिकाको पूर्वार्द्धमा साधारण सदस्यता प्रमाणीकरण सम्बन्धी कार्य भद्रगोल र अपारदर्सी रुपमा नाम प्रकाशित भएकोमा गम्भीर ध्यानआकर्षण ध्यानार्कषण भएको जनाएको छ ।

सदस्यता शुल्क तिरेका कयौं बास्तविक सदस्यहरुको बिधुतिय डाक (ईमेल) प्राप्त भएको तर नाम छैन भन्दै नाम छ तर ईमेल आएको छैन भने धेरैको ईमेल पनि आयको छैन नाम पनि छैन भनि दुख व्यक्त गरेको छ ।

उक्त छापा बिज्ञप्तिमा शुल्क तिरेर पनि निर्वाचनमा मत हाल्न बाट बन्चित हुन्छ भने त्यो सरासर ग़ैरक़ानूनी, अन्याय एवं संस्था अधोगतिको द्दोतक हो भनि उल्लेख गरेका छन् ।

एनआरएन राज्य शाखाहरुलाई अनगिन्ती सदस्य हुनेहरुको आएकोले शाखाहरु एक आपसमा बृहद छलफलका बाबजुद छापा बिज्ञप्ति निकाल्न बाध्य भएको जानकारी गराएका छन् l

एनआरएन अमेरीका बिवाद रहित हुन सकिरहेको छैन भन्दै आगामी निर्वाचनलाई क़ानूनी ,बिबादरहित तथा स्बच्छ तरिकाले सम्पन्न गर्नको लागी एनआरएनए एननसीसी अमेरीका संग देहायका बिधी अपनाउन वा गर्न गराउन हामी जोडदार माग गरेका छन् l

छापा विज्ञप्तिको पाठ जस्ताको त्यस्तै :

१- प्रत्यक्ष निर्वाचनमा जाने :- एनआरएनए एनसीसी अमेरीकाले अथक प्रयास गर्दागर्दै पनी प्रमाण गर्नेकाम बिबादरहित हुन नसकेकोले एउटा निर्वाचन नियमावली बनाएर प्रत्येक राज्य शाखा मा एकै दिन प्रत्यक्ष निर्वाचन गरीईयोस। उक्त प्रत्यक्ष निर्वाचनमा हरेक मतदाताहरुको परिचय पत्र चेकगरेर मात्र मतदान गर्न पाईने ब्यबस्था हुनेछ । जसको कारण कसैले फ़र्ज़ी मतदान गर्न पाउने छैनन र नक्कली भोट आफै काटिने छन ।

संसारमा यो भन्दा अर्कों पारदर्शी निर्वाचन प्राणाली अरु कुनै छैन । हामी गैरआवासिय नेपाली समाजको लागी उक्तदिन एउटा खुशिको पर्व सावित हुनेछ, हामीमा एउटा उमंग आउने छ । केन्द्रवाट प्रत्येक च्याप्टरमा प्रतिनिधिहरु पठाई उनीहरुको रोहवरमा निर्वाचन गराउन सकिनेछ । उक्त निर्वाचन निश्पक्ष सम्पन्न गराउन हामी सम्पूर्ण च्याप्टरहरु अनवरत खट्न तयार छौ ।

२- तेस्रो पक्ष लाई प्रमाणीकरण को ज़िम्मा दिने :-अमेरिकामा बिभिन्न एजेन्सीहरु छन जसलाई प्रमाणीकरण को एउटा भरपर्दो मापदण्ड बनाएर जीम्मा दिएको खण्डमा भरपर्दो र पारदर्शी ढंगले सम्पन्न गरिदिने छन । र उक्त एजेन्सिले काम गरे वापत दिईन् शुल्क हामी राज्यका शाखा (स्टेट च्यापटर)हरुले बेहोर्न तयार छौ ।

३ प्रमाणीकरणसमस्या समाधान समिती :- अपरोक्त माथिका २ तरिकाबाट समस्याको समाधान गर्न तत्कालको लागि असम्भव हुन्छ भन्ने लागेमा एसीसीका अध्यक्ष, प्रमाणीकरण समिति का संयोजक र सम्पूर्ण शाखाका अध्यक्ष सहितको एउटा समिती बनाओ । जुन समितीले बृहद छलफल गरि समस्या समाधानको बॉकि उपाय खोजौ । अन्यथा फेरिपनी अर्कों मुद्दा थपिने सम्भावना बढेर गएको छ ।

उपरोक्त ३ उपाय मध्ये एक उपाय अबिलम्व शुरु गरौ भन्ने माग एनआरएन एनसिसिसंग राख्दै अमेरीकाबासि सम्पूर्ण गैरआवासिय नेपाली जनसमुदायलाई जानकारिको लागी हार्दिक अनुरोध गर्दछौ ।

स्टेट च्याप्टर अध्यक्षहरु:-

१ जेदु पोखरेल NRN Maryland
२ पुर्ण बानिया NRN California
३ सुमन बस्ती NRN Illinois
४ ईश्वरी भट्ट NRN New Hampshire
५ रेवती अधिकारी NRN North Carolina
६ उत्तम लामीछाने NRN Texas
७ जगनलाल श्रेष्ठ NRN Michigan
८ तेम्वा शेर्पा NRN New York
९ राम ओझा NRN Connecticut
१० मोहन तिमिल्सिना NRN Georgia
११ वासुदेव खनाल NRN Colorado
१२ सुनिल राजकर्निकार secretary -NRN Oregon

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK