अमृताका कारण रुन मन लाग्थ्यो सेफ अली खानलाई

ENGLISH

ENTERTAINMENT

अमृताका कारण रुन मन लाग्थ्यो सेफ अली खानलाई

23 May, 2017 | Bhawana Pathak | 710 Views | comments

सन् २००५ मा सेफ अली खानले दिएको एक अन्तर्वार्ता मिडियामा भाइरल भइरहेको छ । यसमा उनले आफ्नी पूर्व–श्रीमती अमृता सिंहसँग आफ्नो सम्बन्धबारे खुलेर कुराकानी गरेका थिए ।

अन्तर्वार्तामा सेफले आफ्नो पीडा सार्वजनिक गर्दै भनेका थिए, ‘म मेरी श्रीमतीको स्पेसको सम्मान गर्छु । तर किन मलाई पटक–पटक म कति नराम्रो श्रीमान् थिएँ भन्ने बारे याद दिइन्थ्यो । म कति नराम्रो पिता थिएँ भन्ने कुरा बताइन्थ्यो ?’ स्मरण रहोस् उक्त अन्तर्वार्ता अमृताले सम्बन्धविच्छेदको करिब एक वर्षपछि दिएका थिए ।

सेफले भनेका थिए, ‘रुन मन लाग्थ्यो, जब मलाई आफ्नो बच्चालाई भेट्न दिइँदैनथ्यो’

सेफले अन्तर्वार्तामा थपेका थिए, ‘मेरो पर्समा छोरा इब्राहिमको फोटो छ । हरेक पटक म उनलाई हेर्थे मलाई रुन मनलाग्थ्यो । मलाई सधैं छोरी साराको याद आउँथ्यो । उनीहरुलाई भेट्न मलाई अनुमती थिएन । उनीहरुलाई पनि मसँग भेट्ने अनुमती थिएन । उनीहरु मसँग बस्न सक्दैनथे किनभने मेरो जिन्दगीमा कोही महिला थिएनन जसले बच्चालाई उनका आमाविरुद्ध भड्काउन सक्थिन् ।’

‘यस्ता थुप्रै बेतुक कुरा थियो र अमृतालाई यी सबै कुरा थाहा थियो । आज मेरा बच्चा अमृताका आमा–बुवा र नोकरसँग बसिरहेका छन् जबकी अमृता टिभी सिरियलमा काम गरिरहेका छन् । उनले यसो गर्न किन आवश्यक छ ? जबकी म आफ्नो परिवारलाई सपोर्ट गर्ने हैसियत राख्छु ।’

पाँच करोडमा भएको थियो सेटलमेन्टः

सेफले उक्त अन्तर्वार्तामा ब्रेकअपपछि अमृतासँग भएको सेटलमेन्टमाथि पनि कुरा गरे । उनले भनेका थिए, ‘मैले अमृतालाई ५ करोड भारु दिनु थियो । त्यसमध्ये मैले २.५ करोड दिइसकेको छु । यसका साथै, म १ लाख भारु प्रति महिना भिन्न रुपमा दिइरहेको छु । त्यतिबेलासम्म जबसम्म छोरा इब्राहिम १८ वर्ष पुग्दैन ।’

‘म शाहरुख खान होइन, मसँग त्यति धेरै पैसा छैन । मैले उनलाई बचन दिएको छु कि म उनलाई बाँकी रकम पनि उपलब्ध गराउँछु । म मर्ने बेलासम्म उनीहरुका लागि दुःख गर्नेछु । मैले स्टेज शो, विज्ञापन र फिल्मबाट जे कमाएको छु, त्यो बच्चाको लागि त हो नि । हाम्रो बंगला अमृता र बच्चाको लागि नै हो ।’

आमा– बहिनीको गालीसम्म झेलेंः

सैफले थपे, ‘किन तपाईंलाई पटक–पटक तपाईंको औकात याद दिलाइन्छ । गाली, अभद्र व्यवहारदेखि आमा–बहिनीको गालीसम्म, मैले सबै कुरा झेलेको छु । अब (सम्बन्धविच्छेपछि म राम्रो महसुस गरिरहेको छु ।’

सेफले आफू बच्चाहरुसँग बस्न चाहेको बताएका थिए तर यसका लागि उनी लगातार लडाईं गर्न नचाहेको पनि बताएका थिए । उनले भनेका थिए, ‘यदि उनीहरु मबाट टाढा भए अमृताले उनलाई सारा सिंह र इब्राहिम सिंह भन्ने थाल्नेछिन् ।’

‘जब मेरी छोरी १८ वर्षको हुनेछिन् र मलाई सोध्नेछिन्, ‘पापा, तपाईं कहाँ हुनुहुन्थ्यो जब म र मेरो भाइलाई तपाईंको आवश्यकता थियो ?’ तब म लाजले नै मर्नेछु । कृपया मलाई यसकारण लाजले मर्न नदेउ किनभने मैले एक असम्भव सम्बन्धबाट बाहिर निस्कने साहस देखाएँ ।’‘म अमृतासँग झगडा गर्न चाहन्नँ । उनी जीवनको महत्वपूर्ण भाग थिइन् र रहनेछिन् । म उनलाई र हाम्रो बच्चालाई खुसी देख्न चाहन्छु ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK