अभ्यास खेलमा नेपालको लगातार चौथौं जित

ENGLISH

SPORTS

अभ्यास खेलमा नेपालको लगातार चौथौं जित

इस्टबर्न १८१ रनले पराजित

18 July, 2016 | Sandeep Bhattarai | 1615 Views | comments

अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित आत्मसाथ गरेको छ । नेपालले आइतबार भएको खेलमा इस्टबोर्नलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

sarad

नियमीत कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिएको नेपालले इङ्ल्यान्ड भ्रमणमा पहिलो पटक टस जित्यो र ब्याटिङ रोज्यो । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३०० रन बनायो । उसका लागि ओपनर अनिल मण्डल, शरद भेषावकर, राजु रिजाल र विनोद भण्डारीको अर्धशतकीय पारी खेले । ओपनर अनिल मण्डलले ७३ रन बनाए भने शरद भेषावकरले ६० रन जोडे ।

त्यस्तै विनोद भण्डारी ७७ र राजु रिजाल ६० रनमा अविजित रहे । ३०१ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको इस्टबोर्न ३४.३ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो । उसका लागि रावलिङले ४४ रन बनाए भने वाट्सले र पुन्जाले क्रमश २० र २३ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए ।भने वसन्त रेग्मी र सागर पुनको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै विक्रम सोब र शक्ति गौचनले समान १—१ विकेट चट्काए ।

anil

आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल अहिले अभ्यास खेलका लागि बेलायतमा छ । नेपाल मेरोलेबोन क्लबको निम्तोमा यसै साता लन्डन गएको हो ।

यसअघी बुधबार भएको पहिलो खेलमा पनि नेपाली टोलीले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो भने दोस्रो खेलमा जिमखाना क्रिकेट क्लबलाई २० रनले र तेस्रो खेलमा क्रिकेट क्लब कन्फ्रेरेन्सलाई ४ विकेटले पराजित गरेको थियो ।

nepal

युके टुरमा रहेको नेपालले आगामी मंगलबार लर्डसमा मेरिलिवोन क्रिकेट क्लब एमसीसीसँग मैत्रिपुर्ण खेल खेल्दैछ। नेपाल र बेलायतको कुटनितिक सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा नेपाल र एमसीसी बीच उक्त खेल हुन लागेको हो।

यो पनि हेर्नुस – नेपाली क्रिकेट टोलीको दोस्रो जित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने...

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK