अभिनेत्रीबाट नेत्री बनेकी रेखा मनोरञ्जन भन्दा भाषणमा तगड़ा

ENGLISH

ENTERTAINMENT

अभिनेत्रीबाट नेत्री बनेकी रेखा मनोरञ्जन भन्दा भाषणमा तगड़ा

1 January, 2017 | Bhawana Pathak | 830 Views | comments

दाङ जिल्लाको डुरुवा– ४ कोठरीमा जारी माघी विशेष सांस्कृतिक महोत्सवमा अभिनेत्री रेखा थापाले नाँचेर मनोरञ्जन दिन्छिन् होला भनेर धेरैले दर्शकले अपेक्षा गरेका थिए । तर थापाले सबैलाई मनै भाँच्चिने गरेर निराश बनाइ दिएकी छिन् ।

rekha-thapa-dang

महोत्सव आयोजकसँग मोटो रकम लिएर दाङको कोठरी पुगेकी अभिनेत्री थापाले विभिन्न गीत गाएर दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेकी थिइन । तैपनि सांस्कृतिक महात्सवमा जम्मा भएका हज्जारौँ सर्वसाधारणले अभिनेत्री थापाको स्वरमा गाइएको गीतलाई सुन्न बाध्य भएर सुने । अभिनेत्री थापाको आउजाउको खर्च र पारिश्रमिक वाफतको रकमले आयोजकलाई चिडचिड पसिना छुटाएको एक सदस्यले बताए ।

सांस्कृतिक महोत्सवमा आएका एकजना युवा दर्शकले भने, ‘पहिला रेखा थापा भनेपछि स्टेट तात्तिन्थ्यो । रेखाको नाँच हेर्न सबैले चासो दिन्थे । आज त रेखाका नाच हेनै पाइएन । बरु बेसुरा स्वरको गीत सुन्न पर्‍यो । टिकटको पैसा बर्दाद भयो ।’

राप्रपामा प्रवेश गरेपछि केही दिन चर्चामा आएकी अभिनेत्री थापालाई बढ्यौलीले छोएको कोठरी महोत्सवमा प्रष्ट देखिन्थ्यो । सधै आफ्ना तिघ्रा देखाएर स्टेजमा जाने गरेकी थापाले कोठरी महोत्सवमा साडी लगाएर प्रवेश गरेकी थिइन् ।

अभिनेत्री थापालाई समर्थकहरूले भव्य स्वागत पनि गरेका थिए । तर स्थानीय प्रशासनले थापालाई आवश्यक्ताभन्दा बढी सुरक्षा दिएको भन्दै आलोचना समेत भएको छ ।

लामो भाषण दिएर समर्थकहरूलाई बोर बनाएकी अभिनेत्री थापाले चार बजेतिर ‘बनेको छ पहराले यो छाती मेरो…’ बोलको राष्ट्रिय गीत गाएकी थिइन् । त्यसपछि उनले ‘तिमीलाई कुनै पल नभेटु…’, ‘बट स्लोली…’ बोलका गीत पनि गाइन् ।

कोठरी महोत्सवमा स्थानीय गायक देवेन्द्र बस्नेत, तिलक ओली, पिताम्वर रिजाल, खड्ग शर्मा, शंकर पुरुष, बालकलाकारहरू लोसिना लामिछाने, समीक्षा पौडेल, वि फ्रिडम डान्स एकेडेमी नारायणपुर, लेट्स डान्स घोराहीका कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK