अब यात्रुले विदेशबाट आउँदा काँचो सुन ल्याउन नपाउने

ENGLISH

अब यात्रुले विदेशबाट आउँदा काँचो सुन ल्याउन नपाउने

तयारी गहनालाई भने कुनै बन्देज छैन

1 July, 2016 | Yadab Devkota | 3005 Views | comments

Gold

आउँदो साउन एक गतेदेखि विदेशबाट नेपाल आउने यात्रुले सुनको डल्ला ल्याउन नपाउने भएका छन् । यसअघि विदेशबाट आउने नेपालीले निश्चित मात्रामा काँचो सुन र चाँदी ल्याउन पाउँथे ।

त्रिभुवन विमानस्थल भन्सार कार्यलयले शुक्रबार पत्रकार सम्मेलन गरेर साउन एक गते देखि यात्रुले ल्याउने काँचो सुन र चाँदीमा रोक लगाउने जानकारी गराएको हो ।

यस अघि यात्रुले ५० ग्रामसम्म सुन र पाँच सय ग्रामसम्म काँचो सुन र चाँदी भन्सार छुटमा ल्याउन पाउँने व्यवस्था थियो । सरकारले दिएको सुविधा दूरुपयोग भएको भन्दै साउन एक देखि काँचो सुर र चाँदी यात्रुले ल्याउन रोक लगाईएको भन्सार कार्यालयले जनाएको छ ।

तर यात्रुले ५० ग्रामसम्म सुन र पाँच सय ग्रामसम्म चाँदीबाट बनेका गहना भने अहिलेकै नियम अनुसार भन्सार छुटमा ल्याउन पाउँने छन् । विदेशमा हुने कार्यक्रममा स्वदेशबाटै लगिने ५० ग्राम भन्दा बढी सुन चाँदी लान परेमा भन्सार कार्यालयले लागत राख्ने व्यवस्था मिलाउने त्रिभूवन विमानस्थलका भन्सार प्रमुख योगेन्द्र गौचनले जानकारी दिएका छन् ।

त्यस्तै नेपाली वा विदेशी स्वदेश तथा विदेश जाँदा आउँदा पाँच हजार डलर वा सो बराबरको रुपैया भन्दा बढी नगद बोक्नु परे भन्सार अधिकृत समक्ष प्रमाणित गर्नु पर्ने नयाँ व्यवस्था भन्सार कार्यालयले गरेको छ ।

अब विदेश जाने नेपालीले पाँच हजार डलर भन्दा बढी जैदान पाउँने छैनन । यति पाँच हजार डलर भन्दा बढी लैजानु पर्ने भएमा भन्सार अधिकृत समक्ष प्रमाणीत गर्नु पर्ने छ ।

विदेशीहरुको हकमा पनि भन्सार कार्यालयले सोही व्यवस्था गरेको छ । पाँचहजार भन्दा बढी डलर ल्याउने पाहुनाले भन्सार अधिकृत समक्ष प्रमाणित गर्नु पर्ने छ । त्यस्तै अब यात्रुले भन्सार छुटमा एक थान टेलिभिजन ल्याउँन कम्तिमा एक वर्षश्रम स्वीकृती लिएर विदेशमा बसेको हुनु पर्ने छ ।

कम्तिमा एक वर्ष श्रम स्वीकृत लिएर विदेश बसेकाहरुले बढीमा ३२ ईन्च सम्मको एक थान टिभी ल्याउन पाउँने छन् । अन्यको हकमा भन्सार तिर्नु पर्ने हुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK