अब फेसबुकमा ४४ भाषा लेख्न मिल्ने सुविधा

ENGLISH

TECH

अब फेसबुकमा ४४ भाषा लेख्न मिल्ने सुविधा

४४ भाषामा उल्था गरेर पोस्ट गर्न सक्ने

3 July, 2016 | arjun baral | 2715 Views | comments

mark

विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ ।फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको छ।

सामाजिक सञ्जालमा आवद्ध रहेका करौडौं प्रयोगकर्ताहरुले छिटो, छरितो र भरपर्दो तरिकाले आफूले चाहेको समयमा चाहेको ४४ भाषामा उल्था गरेर पोस्ट गर्न गर्न सक्ने दाबी गरेको छ।

यसअघि उसले गत फेब्रुअरी महिनादेखि यो फिचरलाई प्रयोगकर्तामाझ परीक्षण गरेको थियो। उक्त परीक्षण सफल हुनासाथ उसले यो फिचर ल्याउन लागेको हो।

अब फेसबुकले प्रयोगकर्ताले आफूले लेखेको कुनै एक भाषालाई अरु धेरै भाषामा सजिलै उल्था गरेर लेख्न सक्नेछन्। फेसबुकको कुनामा एउटा बक्समा देखिनेछ जहाँबाट प्रयोगकर्ताले आफूले चाहेको भाषा सजिलै छनोट गरेर पोस्ट गर्न पाउनेछन्।

यस्तै फेसबुकमा बनाइएका पेजका आधिकारिक व्यक्ति वा संस्थाले पनि यो फिचरलाई बहुभाषामा सदुपयोग गर्न सक्नेछन्। यस्तै अवलोकन गर्ने प्रयोगकर्ताले पनि आफूले हेर्न चाहेको भाषामा रोजेर हेर्न सक्नेछन्।

‘प्रयोगकर्ताले दैनिकीलाई धेरैभन्दा धेरै प्रभावकारी र अन्तक्रियात्मक बनाउन यो फिचरलाई पछ्याउनेछन्’, फेसबुकले जनाएको छ।

फेसबुकले दियो १० वर्षीय ह्याकरलाई १० हजार डलर पुरस्कार 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK