अब पाइने भो ‘नयाँ नेपालको संबिधान’

ENGLISH

POLITICS

अब पाइने भो ‘नयाँ नेपालको संबिधान’

14 September, 2015 | Krishna Adhikari | 485 Views | comments

लामो समयको विवाद, असमझदार, बिरोध र आन्दोलनकाबीच अन्ततः एकपक्ष असतुष्ट रहेकै भए पनि नेपालको नयाँ संविधान जारी हुने संघारमा पुगेको छ । संविधानसभाबाट बनाइएको नेपालको संविधान आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ ।

विनाशकारी भूकम्प जानु अघिसम्म संविधानका अन्तर्वस्तुमा चरम असहमति पालेर बसेका प्रमुख तीन दल त्यसपछि भने एकाएक एकै ठाउँमा उभिएर अहिलेको अवस्थासम्म आइपुगेका छन् । विदेशी शक्तिको दवाव, मुलुकभित्र आन्दोलनका नाममा हिंसा मच्चिइरहे पनि त्यसको वेवास्ता गर्दै संविधान जारी गर्ने तयार युद्धस्तरमा भैरहेको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर सोमबार साँझ नै राष्ट्रपति डा रामवरण यादवलाई भेट्न राष्ट्रपति कार्यालय शीतलनिवास जाने कार्यक्रममा छ ।

संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले दिनुभएको जानकारी अनुसार संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नुहुनेछ । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ ।

लामो राजनीतिक खिंचातानी, अन्योल तथा राजनीतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन् |

स्रोत : नेपाल जापान डट कम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK