अब छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ : राजदूत होङ (भिडियो सहित)

ENGLISH

BUSINESS

अब छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ : राजदूत होङ (भिडियो सहित)

7 May, 2017 | Sandeep Bhattarai | 2140 Views | comments

राजदूत होङ

नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा शनिबार आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत होङले तपाईंहरूले विमानस्थल निर्माणका लागि ४० वर्षसम्म कुर्नुभयो अब धेरै कुर्नु पर्दैन, निर्माणको प्रक्रिया अघि बढिसकेकाले अब केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।

प्राकृतिक सम्पदा, तालतलैया र रमणीय हिमशङ्खलाले गर्दा नेपाल चिनियाँ पर्यटकका लागि गन्तव्यस्थल बन्दै गएको बताउँदैै उहाँले धेरै पर्यटक नेपालमा पठाउन चिनियाँ दूतावासले सघाएको धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले एक वर्षअघि शिलान्यास गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउन विशेष पहल गर्न राजदूत होङसँग आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनसँगको व्यापारमा नेपालको व्यापार घाटा बढ्दै गएकाले नेपाल र चीनबीच धेरै नाका खोली व्यापार घाटा कम गर्नेतर्फ राजदूतको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकारहरू दीननाथ बराल, दीपक परियारले पनि विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

भिडियो –

केहि बर्षमै पुरा हुदै छ पोखरा अन्तराष्ट्रिय विमानस्थल (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK