अब अमेरिकामा शरण माग्नेहरु नै जेल जान सक्छन्

ENGLISH

अब अमेरिकामा शरण माग्नेहरु नै जेल जान सक्छन्

14 February, 2017 | Krishna Adhikari | 860 Views | comments

usaसपनाको गन्तव्य अमेरिका अहिले त्रासको भूमि बनेको छ । सम्पन्नताको सपना देख्नेहरुका लागि पहिलो रोजाईको मुलुक अमेरिका छिर्न मरिहत्ते गर्ने र त्यहाँ पुगेपछि स्थायी बसोबासका लागि अनेक उपाय लगाउने योजना बनाएका र त्यस्तो योजनामा अघि बढेकाहरुमा अहिले चिन्ता र त्रास एकसाथ छाएको छ ।

रिपब्लिकन पार्टीको कब्जामा ह्वाइट हाउस गएपछि अब अमेरिका पहिलेको जस्तो सहज रहेन । विशेष गरी इस्लाम धर्मावलम्बी र गैरकानुनी रुपमा अमेरिका छिरेकाहरुका लागि ट्रप प्रशासन कडा रुपमा प्रस्तुत भैरहेको छ । हुन त गैरकानी रुपमा बसोबास गरिरहेका आप्रवासीहरुमाथि ओबामा प्रशासनलले पनि कडाइ नै गरेको थियो । ओबामा प्रशासनले झण्डै २० लाख गैरकानुनी आप्रबासीलाई देश निकाला गरेको थियो ।

अहिले ट्रम्प प्रशासनले अमेरिकाका प्रमुख राज्यहरुमा छापामार शैलीमा आप्रवासीहरुको अनुसन्धान थालेको छ । कैयौं पक्राउ परिसकेका छन् । यसले अमेरिकामा बस्ने नेपालीहरुमा पनि चिन्ता थपिएको छ । नेपालीको आवश्यकता नेपाललाई छ अमेरिकालाई हैन भन्ने ट्रमको उदघोषले धेरैको सातो खाएको छ । किनभने जसोतसो अमेरिका छिरेर त्यहाँ शरण लिनेहरुको संख्या बढ्दै गएको छ । अमेरिकी सरकारले यसमा पनि कडाई गरेको छ ।

अब शरणार्थीको आवेदन गर्नेहरुलाई पहिलेजस्तो सहज नहुने भएको छ । यसअघि विभिन्न भिसामा अमेरिकामा आउनेहरुले शरणार्थी आवेदनको ९एसाइलम० फाइल गरिसकेपछि सो अस्वीकृत भएमा इमिग्रेशन अदालतमा मुद्दा लड्दै काम गर्न पाइने व्यवस्था रहे पनि अव त्यस्तो अवस्था नरहने चिन्ता बढेको छ ।

अब युएससीआईएसको अन्तरवार्ता उत्तिर्ण नहुनेहरुलाई जेलमा राखेर अध्यागमन अदालतको फैसला कुर्ने नीति निर्माणको तयारी भइरहेको न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाई बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ अब युएससीआईएसको अन्तरवार्ता उत्तीर्ण नहुनेहरुलाई जेलमा राखेर अध्यागमन अदालतको फैसला कुर्ने अवस्था आउनसक्छ । धेरै एसाइलमका केसहरु नक्कली हुँदै गएपछि ट्रम्प प्रशासनले यस्तो नीति अपनाउने तयारी गरेको छ ।

८० प्रतिशतभन्दा धेरै एसाइलमका केसहरु नक्कली हुने गरेको ट्रम्प प्रशासनको ठहर रहेको सेडाई बताउनुहुन्छ । सिमा क्षेत्रमा पक्राउ परेकाहरुलाई पनि पहिलेजस्तो जमानतमा वा धरौटीमा रिहा नगरी या त इमिग्रेशन अदालतको फैसलासम्म जेलमा राख्ने या त सिमा पार गर्ने क्रममा पक्राउ गरी मेक्सिकोतिरै फर्काइदिने अवस्था आउने सेडाईको अनुमान छ ।

गैरकानुनी सिमा पार गर्ने क्रममा समातिनेहरुको केस लिने तर व्यक्तिलाई मेक्सिकोतिरै फर्काउने सम्भावना छ । तर मेक्सिकोले पनि भिसा नभएका व्यक्तिलाई नराख्ने भएकाले देशनिकाला गर्ने वा जुनदेशबाट छिरेको हो त्यतै फिर्ता पठाउनसक्ने सम्भावना रहन्छ ।

न्युयोर्कका अर्का चर्चित कानुन व्यवसायी बासु फुलाराले पनि अब मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरुलाई पहिलेजस्तो पक्राउ गरेर छाड्ने अवस्था नरहने बताउनुहुन्छ ।

अमेरिकामा अहिले ३० लाख गैरकानुनी आप्रवासी रहेको अनुमान छ । आप्रवासीहरुमाथि ट्रम्प प्रशासनले अपनाएको कडा रबैयाको बिरोध गर्दै मेक्सिकोमा पनि प्रदर्शन भएको छ । अमेरिकाभित्रै पनि ट्रम्पको यो निर्णय मानवताबिरोधी भएको भन्दै उनको आलोचकहरुले बिरोध गरिरहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK