अबको संसद् बैठकमा प्रस्ताव टेबुल गरिने

ENGLISH

अबको संसद् बैठकमा प्रस्ताव टेबुल गरिने

1 January, 2017 | Bhawana Pathak | 685 Views | comments

सरकारले संसद्को अबको बैठकमा संविधान संशोधन प्रस्ताव टेबुल गर्ने संकेत गरेको छ ।मधेसी मोर्चासँग भएका पछिल्ला छलफलमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो संकेत गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

samsad

‘अबको संसद् बैठकमै संविधान संशोधन विधेयक टेबुल गर्ने गरी सरकार अगाडि बढ्छ,’ सत्तारुढ दलका नेताले मधेसी मोर्चाका नेतालाई आश्वस्त पार्दै भनेका छन्, ‘अब यसमा शंका गरिरहनुपर्दैन ।’ सरकारले एमालेको अवरोधका बीच पनि संशोधन प्रस्ताव टेबुल गरेर जाने मोर्चाका नेताहरूलाई बताएको छ ।

सभामुखले पनि अबको संसद् बैठकअगाडिसम्म दलहरूलाई सकभर विषयमा सहमति गर्न नभए प्रक्रियामा सहमति खोजी गर्न समयावधि किटान गरेरै भनेकी छन् । विषय वा प्रक्रियामा सहमति नभए अब प्रक्रियामा अगाडि बढाउने चेतावनी उनले दिँदै आएकी छिन् । सभामुखले दलहरूलाई दिएको तीन दिनको समय आइतबार सकिँदै छ । संसद् बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

‘सभामुखले दिएको समयावधिभित्रै सहमतिका लागि सकभर आइतबारै शीर्ष नेताहरूको छलफल हुन्छ होला,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने । संसद्को कार्यसूचीमा यसअगाडि नै संशोधन विधेयक परिसकेको छ ।

१६ मंसिर यता भने प्रतिपक्षी दलले संसद् लगातार अवरोध गर्दै आएका कारण विधेयक संसद्मा टेबुल हुन पाएको छैन । सत्तापक्षले अबको बैठकमै विधेयक टेबुल गर्छ त ? माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘सभामुख आफैँले पनि प्रक्रिया अगाडि बढाउने बताइसक्नुभएको छ, सहमति हुँदै भएन भने सभामुखले कसरी लैजानुहुन्छ, त्यहीअनुसार अगाडि बढ्छ ।’सरकारले संसद्मा प्रतिपक्षी दलहरूसँग सहमतिको खोजी नगरी विधेयक दर्ता गराए संसद्मा सत्तापक्ष र प्रतिपक्षी दलबीच टकरावको संकेत देखिँदै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK