अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

ENGLISH

NRN GLOBAL

अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

सरकारी प्रतिबन्धका कारण मासिक ११ सय डलर तलब खाइरहेका ९ सय नेपालीको रोजगार जोखिममा

27 September, 2016 | Sandeep Bhattarai | 700 Views | comments

– होम कार्की – अफगानिस्तानको राजधानी काबुलबाट बिदामा स्वदेश आएका हरिलाल गुरुङ, धनप्रसाद गुरुङ, दुर्गाबहादुर गुरुङ र भोजबहादुर गुरुङ हालैको दिन काठमाडौंमा तनावमा भेटिए । उनीहरू काबुलस्थित ग्रिन जोन (सुरक्षित क्षेत्र) मा रहेको अमेरिकी दूतावासको सुरक्षा गार्डका रूपमा कार्यरत हुन् । एक महिनाको बिदा सकिएकाले उनीहरू फेरि जागिरमा फर्किन चाहन्छन् । तर नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान जान प्रतिबन्ध लगाएकाले आफ्नो श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । श्रम स्वीकृति नभएपछि उनीहरू छुट्टी सकेर काममा जान रोकिएका छन् ।

अफगानिस्तानका नेपाली

आत्मघाती विस्फोटमा परेर काबुलस्थित क्यानेडियन दूतावासमा कार्यरत १३ नेपाली सुरक्षाकर्मीको मृत्यु भएपछि सरकारले अफगानिस्तान जान रोकेको थियो । ‘बिदामा आएको ३४ दिनपछि जागिरमा पुग्नुपर्ने नियम छ,’ पोखराका ४२ वर्षीय हरिलालले भने, ‘श्रम स्वीकृति पाइएन भने त हाम्रो रोजगारी खोसिन्छ ।’

एउटै बाकसमा हाल्नु हुँदैन
मालेपाटन ५, पोखराका ५० वर्षीय दुर्गाबहादुरले भारतीय सेनामा १७ वर्ष सेवा गरेपछि अवकाश लिए । २५ हजार रुपैयाँ पेन्सन आउँथ्यो । त्यसले दैनिक जीवन गुजार्न र छोराछोरीलाई राम्रो शिक्षादीक्षा गर्न पुगेन । राम्रो अवसरको खोजी गरिरहेका बेला अफगानिस्तानको अमेरिकी दूतावासको सुरक्षा गार्डमा छानिए । नेपालबाटै श्रम स्वीकृति लिएर अफगानिस्तान पुगे । ‘अहिले बिदामा आएका बेला फर्किएर जानुपर्‍यो भन्दा त श्रम स्वीकृति नवीकरण भएन ।’

सरकारले सुरक्षाको प्रत्याभूति भएपछि मात्रै यसबारे विचार गर्ने नीति लिएको छ । उनी भन्छन्, ‘क्यानेडियन दूतावासले सुरक्षाकर्मीहरूमाथि लापरबाही गरेको थियो । तर हाम्रो त्यस्तो अवस्था छैन । एउटाले गरेको गल्तीको सजाय सबैलाई दिनुहुन्न ।’ उनले आफूहरूका लागि दूतावासले पूर्ण सुरक्षा प्रत्याभूति गरेको बताए । ‘हामी दूतावासभन्दा बाहिर जानु नै पर्दैन । जहाँ ड्युटी गर्छौं, त्यहीं बस्ने व्यवस्था छ,’ उनले भने, ‘हामी आधुनिक हतियारसहित अमेरिकी सेनासँगै तेस्रो घेरामा पोस्ट सम्हालेर बस्छौं । पहिलोमा अफगानी प्रहरी बस्छन् । दोस्रोमा सिभिल गार्ड हुन्छन् ।’

सरकारलाई भन्दा बढी सुरक्षाको चिन्ता आफूहरूलाई भएको हरिलालले बताए । ‘सरकारले नागरिकको सुरक्षाको विषयमा चासो दिनु अवश्य नराम्रो होइन तर आफ्नो जीउ ज्यानको सुरक्षाको चिन्ता हामीलाई पनि छ । त्यहाँ असुरक्षा भइदिएको भए हामी किन जान खोज्थ्यौं र ?’ अमेरिकी दूतावासले अपनाएको सुरक्षा मापदण्डमा आफूलाई पूर्ण विश्वास भएकाले फर्केर जान लागेको पनि उनले बताए ।

राम्रो अवसर गुम्ने चिन्ता
स्याङ्जाका धनप्रसाद भाग्यले मात्रै अमेरिकी सुरक्षा गार्डको जागिर पाएको बताउँछन् । ‘हामीलाई अमेरिकीले त्यतिकै उठाएर लगेको होइन । धेरै मापदण्ड पूरा गरेर गएका थियौं । सबैभन्दा ठूलो त कसैलाई लगानी नै गर्न परेन । नि:शुल्क जाँदा मासिक ११ सय डलर तलब पाइयो,’ उनले भने, ‘यस्तो अवसरमाथि सामान्य रूपमा लिँदै खेलबाड गर्ने काम भयो ।’

दूतावासमा झन्डै ९ सय नेपाली सुरक्षा गार्ड छन् । हरेक महिनाजसो ८० सुरक्षा गार्ड बिदामा आउने जाने भइरहन्छ । श्रम स्वीकृति दिन बन्द भएपछि बिदा पाइसकेकाहरू पनि आएका छैनन् । ‘साथीहरू अन्योलमा छन् । नियमअनुसार पाउने सुविधा पनि लिन नपाउने भयो,’ घारीपाटन ७, पोखराका भोजबहादुरले भने, ‘हामीलाई विशिष्ट हिसाबमा राखेको छ । गोराहरूलाई सरहको सुविधा हामीलाई पनि दिएको छ । प्रत्येकलाई सिंगल कोठा, बाथरुम दिएको छ । गोराहरूले जे जस्तो खाना पाउँछन् । हामीलाई पनि त्यही दिएको छ । अमेरिकी सेना र हामीमा कुनै भिन्नता छैन ।’

उनीहरूले रोजगार गुम्दा बच्चाहरूको शिक्षादीक्षा पूरा गर्न नसक्ने अवस्था भएको प्रति चिन्ता जनाए । ‘यो जागिरबाट हाम्रा बच्चाहरू राम्रो ठाउँमा राखेका छौं । जीवनस्तर माथिल्लो तहमा उक्लिएको छ । साथीहरूले बच्चाहरूलाई डाक्टर, इन्जिनियर, पाइलट पढाइरहेका छन् । यदि सरकारले खुला गरेन भने ती बच्चाको शिक्षा निरन्तर दिन सक्तैनौं । हाम्रो आयआर्जन भनेको पेन्सन मात्रै हो । त्यसले खाना पनि पुग्दैन,’ भोजबहादुरले भने ।

अमेरिकी सरकारले समेत विकल्पमा अरू देशका नागरिक लिन अग्रसरता देखाएको उनीहरूले बताए । ‘उनीहरूलाई त के छ र ? नेपाली नपाए अरू देशका मान्छे लिन्छन्,’ हरिलालले भने, ‘सरकारले नखोल्ने हो भने विकल्पका लागि योजना बनाइसकेका छन् ।’ अमेरिकी प्रोजेक्ट बढेकाले नेपालीको माग अझ बढेको पनि उनले बताए ।

दुई साताअघि नेपालस्थित अमेरिकी राजदूतले पनि श्रममन्त्री सूर्यमान तामाङलाई भेटेर अफगानिस्तानबारे नेपाल सरकारको धारणा लिएकी थिइन् । उनले नेपालले अफगानिस्तान नखोल्ने हो भने आफूहरूले विकल्पका रूपमा अरू देशबाट सुुरक्षा गार्ड लिने बताएकी थिइन् ।

कान्तिपुर दैनिकबाट

अफगानिस्तान र इराक जानका लागि लगाइएको प्रतिबन्ध हटाउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK