अपाङ्गमैत्री पुस्तकालय निर्माणार्थ ‘नेपाल जर्नी’को तेश्रो फन्ड रेजिंग डिनर डिसेम्बर ८ मा हुने

ENGLISH

NRN GLOBAL

अपाङ्गमैत्री पुस्तकालय निर्माणार्थ ‘नेपाल जर्नी’को तेश्रो फन्ड रेजिंग डिनर डिसेम्बर ८ मा हुने

13 September, 2018 | Sandeep Bhattarai | 2335 Views | comments

नेपाल जर्नी

शिक्षा र स्वास्थ्यमा पहुँच पाउन नसकेका नेपालमा रहेका बालबालिकाहरुको लागि सहयोग गर्ने उद्देश्यले अमेरिकाको डालसमा २०१५ मा स्थापित गैर नाफामुखी संस्था ‘नेपाल जर्नी’ले आगामी डिसेम्बर ८ गते शनिबार एक फन्ड रेजिंग डिनर आयोजना गर्ने भएको छ।

यसअघि पनि सन् २०१६ को अन्त्य र २०१७ को अन्त्यमा विभिन्न योजना पुरा गर्न आवश्यक सहयोग संकलन गर्न फन्ड रेजिंग डिनर कार्यक्रम आयोजना भैसकेको छ । डिसेम्बर ८ गते शनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम हुनेछ ।

प्रेस रिलिज जस्ताको तस्तै :

नेपाल जर्नी नेपालमा गएको भूकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, यति बेलै गर्ने हो समाजको लागि, आफु जन्मेको माटोको लागि भन्ने मनमा पलाएर यो संस्था स्थापना भयो । स्थापना भए पनि शुरुमा हामीसंग चाहना त थियो तर साधन, श्रोत र के गर्ने भन्ने योजना समेत थिएन । न त हाम्रो योजना पुरा गर्न कुनै टिम नै थियो ।

जति सकिन्छ त्यति गर्ने योजना अनुसार सानो सानो सहयोगहरु संस्थाले गर्न शुरु गर्यो । शिक्षा नै सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने ठानेर समस्यामा परेका टुहुरा बालबालिकाहरुलाई पढाउने देखि बिभिन्न ठाउँका विद्यालयहरुका पुस्तकालयहरुलाई हामीले सहयोग गर्यौं । नेपालमा सक्रिय समाजसेवीहरु र सामाजिक संस्थाहरु मार्फत केहि कामहरु गर्न सफल भयौं । बिस्तारै हाम्रो संजाल बिस्तार हुँदै गयो । अमेरिकाका बिभिन्न सहर देखि नेपाल र नेपाल बाहिर अन्य देशहरुमा समेत हाम्रो अभियानमा सहयोग गर्न चाहनेहरु हामीले भेट्यौ । यसक्रममा २०१६ को अन्त्य र २०१७ को अन्त्यमा शुभचिन्तकहरुको चाहना र हाम्रो नेपालमा अलि सकारात्मक असर पर्ने खालका योजना पुरा गर्न आबस्यक सहयोग संकलन गर्न फन्ड रेजिंग डिनर कार्यक्रम आयोजना गर्यौं ।

बिगतका दुइवटा कार्यक्रमहरुबाट हामीले करिब ५० लाख संकलन गर्न सफल भयौं । तर हामी र हाम्रा सहयोगीहरुको प्रयासले हेटौडामा लाइब्रेरी स्थापना गर्न सफल भयौं जसमा करिव ४५ लाख खर्च भयो । यतिबेला फेरी हामी चितवन जिल्लामा एक सुबिधासम्पन्न अपाङ्ग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देस्य सहित आबस्यक पूर्वधारहरु निर्माणको चरणमा छौं । उक्त परियोजना सफल पार्न करिव ३ करोड देखि ५ करोडसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने बचनबद्धता समेत हामीले पाइसकेका छौं । स्थानीय सरकार, सामाजिक संस्था र दाताहरुसंग समेत हामी छलफलको क्रममा छौं ।

सोहि अभियान सफल पार्न यो बर्ष पनि बिगतमा जस्तै फन्ड रेजिंग डिनर आयोजना गर्ने निर्णय भएर कतिपय काम शुरु भैसकेको समेत जानकारी गराउन चाहन्छौं । यहि डिसेम्बर ८ गते सनिबार ग्रेपभाइन सिटीस्थित मेरिअट होटेलमा उक्त कार्यक्रम गर्न लागिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ । बिगतमा भन्दा पनि भब्य र सभ्य रुपमा उक्त कार्यक्रम सम्पन्न गर्ने हाम्रो लक्ष रहेको छ । तपाईंको उपस्थितिलाई गौरवमय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सानो संख्यामा भए पनि नेपालका पहुँच बाहिरका बालबालिकाहरुलाई सहयोग गर्ने अभियानमा सहयोगी बन्न डालसबासी सम्पूर्ण समाजसेवी एब सर्बसाधारण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK