अपराधीलाई उन्मुक्ति दिदा युवा संघ टुलुटुलु हेरेर बस्दैन : अध्यक्ष पहारी

ENGLISH

POLITICS

अपराधीलाई उन्मुक्ति दिदा युवा संघ टुलुटुलु हेरेर बस्दैन : अध्यक्ष पहारी

23 June, 2016 | Krishna Adhikari | 3960 Views | comments

rajib picध्रुव पोखरेल, काठमाण्डौ  युबासंघ नेपालका अध्यक्ष राजिब पहारीले सत्य निरुपण तथा मिलमिलाप आयोगका नाममा अपराध लाइ उन्मुक्ति दिदै जाने हो भने युबा संघले टुलु टुलु हेरेर नबस्ने बताएका छन | आयोग द्वन्दकालका मुदाहरू हेर्नको लागि बनेको हो, तर आज आएर आयोगको नाममा मुलुककमा द्वन्द पछाडी राजनैतिक आग्रह व्यक्तिगत रिसइवी राखेर व्यक्ति हत्या गरिएको कुरालाई पनि त्यसमा हाल्न खोजिएको छ, आम माफीको प्रपन्च रच्ने काम गरेको छ । यस प्रति युवा संघ नेपालको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ, उनले भने |

मुलुकको इतिहासमा विगतमा भएका मानवअधिकारका गम्भीर एवम् विष्मयकारी घटनाहरूलाई द्वन्द्वोत्तरमा अपराधको प्रकृति हेरेर मेलमिलाप गर्ने तर कुनै पक्षलाई अन्याय नहुने गरि कम गर्ने उद्देश्यका साथ गठन भएको सत्य निरुपण तथा मिलमिलाप आयोग आज राजनैतिक शक्तिको प्रयोग गरि राजनैतिक आवरणका नाममा उन्मुक्ति दिने काम भैरहेको प्रति घोर आप्पति रहेको युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको भनाई छ । अपराधीलाई सजाय दिने तर्फ भन्दा मेलमिलापलाई बढी जोड दिइएको कारणले गर्दा पीडितमुखी न्याय प्राप्त नभई पीडक मुखीब्यबस्था हावी भएको छ जुन कुरा स्वीकार योग्य छैन ।

द्वन्दबाट शान्तितर्फ उन्मुख मुलुकको समाजले उत्तरदायित्वको सुनिश्चय, न्यायको प्राप्ती र मेलमिलाप कायम गर्ने सन्दर्भमा गठन गरिएको सत्य निरुपण तथा मिलमिलाप आयोग आज आएर उन्मुक्तिको आधार बनाईदै छ । यो हाम्रो लागि आपति जन्य छ पहरीको कथन थियो ।

न्युजएनआरएन डटकम सग कुरा गर्दै अध्यक्ष पहारीले भने, मुलुकमा द्वन्दको समाप्ति भइसके पछी र शान्तिपूर्ण राजनीतिमा प्रवेस गरिसकेपछि ओखलढुंगामा छवी कार्कीको निर्ममतापूर्वक हत्या भेएको हो । व्यक्तिगत रिसइवी र राजनैतिक आस्थाका कारण कार्कीको हत्या माओवादीका बालकृष्ण ढुंगेलले गरेका हुन् । अदालत बाट हत्यारा प्रमाणित भएका बालकृष्ण ढुंगेल जस्ता अपराधीलाई मेलमिलापको आवरणमा बचाउने काम गरिएको छ यदि एस्तो खालको काम भयो भने युवासंघ नेपाल चुप लाग्ने छैन । शान्ति र न्यायका लागि सारा नेपालीलाई बस्ति बस्ति बाट न्यायका पक्षय्मा उभ्याउने छ । जनताको साथ हामीलाई छ, न्यायपूर्ण समाजका लागि छ, अध्यक्ष पहारीको भनाई थियो ।
द्वन्दका नाममा पाशविक रुपमा हत्यामा सामेल जो कोहि व्यक्तिलाई यो सत्य निरुपण तथा मिलमिलाप आयोगको पगरी गुथेर जवरजस्ती मेलमिलाप गराउनेका बिरुद्द युवा संघ नेपालले कार्ययोजना बनाउदै छ । जसले अन्यायमा परेका परिवार लाई राहत दिनेछ ।

लमजुङ्गका मुक्तिनाथ अधिकारी, जसलाई कक्षामा पढाउदा पढाउदै निकालेर रुखमा झुण्डाएर बर्बर रुपमा मारियो । के अब यस्ता जघन्य अपराधलाई मेलमिलाप गराउने ? त्यस्तै गुरु लुइटेलको हत्या पनि पूर्वाग्रहैको नमुना हो । पुष्कर डंगोल, प्रचण्ड थैव, निर्मल कुइकेल, छवी कार्की आदि व्यक्तिहरुको हत्या कि युद्द बिरामको अवस्थामा हो कि द्वन्दकाल समाप्त भइसके पछी हो । यस्ता हत्यामा संगलग्नलाई मिलमिलापका नाममा उन्मुक्ति कुनै हातलमा दिन नहुने यदि उन्मुक्ति दिएमा युवा संघ नेपाल टुलुटुलु हेरेर नबस्ने युवासंघ नेपालका अध्यक्षले बताए ।

यो पनि हेर्नुहोस : प्रबासमा कडा परश्रिम संगै कलाकारिता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK