अपडेट : मकालु एयरको विमान हुम्लामा दुर्घटना, दुबै पाइलटको मृत्यु

ENGLISH

विमान

अपडेट : मकालु एयरको विमान हुम्लामा दुर्घटना, दुबै पाइलटको मृत्यु

16 May, 2018 | Sandeep Bhattarai | 6350 Views | comments

 

विमान

बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सम्पर्कविहिन भएको मकालु एयरको नाइन एन जेयु जहाज हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाम खर्कमा फेला परेको हो । जहाज टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाजमा चालक दलका दुई जना सदस्य सवार थिए। जहाजमा क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपाली रहेका थिए।

सुर्खेतबाट बुधबार बिहान ६ बजेर १२ मिनेटमा उडेको जहाज ६ बजेर ५५ मिनेटमा सिमिकोटमा अवतरण गर्नुपर्ने भएपनि सम्पर्कमा आएको थिएन । ९एन एजेयु कल साइन भएको उक्त जहाज कार्गो लोड गरेर सिमिकोट उडेको थियो । यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको गलत सूचना आएको बताएका थिए।

त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि हुम्लाको अदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी आएको बताएका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK