अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी सिम्रन

ENGLISH

ENTERTAINMENT

अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’मा नेपालकी सिम्रन

27 October, 2017 | Bipin Acharya | 1580 Views | comments

नेपाली चेली सिम्रन खड्काले अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’मा चौथो स्थान हासिल गर्न सफल भएकी छन् ।

दक्षिण कोरियाको सउल शहरमा आयोजित अवार्डमा उनले १९ देशका सहभागी मोडललाई पछि पार्दै चौथो स्थान अर्थात थर्ड रनर अपको अवार्ड हात पार्न सफल भएकी हुन् । अवार्डमा उनले उपाधिका साथमा ५० लाख कोरियान वन र मेडल समेत हात पारेकी छन् ।

कोरियाकी चोइ यिवनसुले शीर्ष अवार्ड हात पारेकी अवार्डमा रसियाकी अनिता स्टाफिभा र मंगोलीयाकी अनुदार दास दोर्जले क्रमश फष्ट रनरअप र सेकेन्ड रनर अपको अवाड लिए । अवार्डमा सहभागी भएर सिम्रन बिहिबार साँझ स्वदेश फर्किएकी छन् ।

‘म एकदमै एक्साइटेट र खुसी छु’ खड्काले भनिन् ‘ नसोचेको र कल्पना नगरेको सफलता हात परेको छ ।’ भाषाका हिसावले आफ्नो लागि कार्यक्रम निकै चुनौतीपुर्ण रहेको बताएकी उनले आफुले बोलेको अंग्रेजी आयोजले नबुझेको र आयोजकले बोलेको अग्रेजी आफुले नबुझेको समेत सुनाइन् ।

भाषाको समस्यामा ट्रासलेटले सहयोग गरेको बताएकी खड्काले आफ्नो राष्ट्रियता, मौलिकता, भाषा र संस्कृति जहाँ गएपनि छोड्न नहुने कार्यक्रमबाट बुझेको सुनाएकी छन् । खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाएको हो । नेपालको तर्फबाट पहिलो पटक सहभागी खड्काले अन्तराष्ट्रिय क्षेत्रमा देशको नाम राख्न सफल भएको नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले बताए ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK