अन्तर्राष्ट्रिय पत्रकार महासंघले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि र हक हितका लागि सहयोग गर्ने

ENGLISH

NRN GLOBAL

अन्तर्राष्ट्रिय पत्रकार महासंघले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि र हक हितका लागि सहयोग गर्ने

27 March, 2016 | Sandeep Bhattarai | 550 Views | comments

IMG_3366अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि र उनीहरुको पेशागत हक अधिकारको रक्षाका लागि सधै सहयोग गर्ने जनाएको छ । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गर, संचार तथा लेखक अधिकार अधिकृत पामेला मोरिनिएरी र नेपाल पत्रकार महासंघ युरोप शाखाको तीन सदस्सीय टोलीबीचको छलफलमा यस्तो सहमति भएको हो ।

महासंघकोतर्फबाट युरोपमा नेपाली पत्रकारहरुको अवस्था, अवसर र चुनौतिबारे जिज्ञासा राखिएको थियो । शाखाका अध्यक्ष केजिन राईले नेपालमा अझै अधिकांश पत्रकारहरु पेशागतरुपमा काम गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । उपाध्यक्ष योगेन्द्रमिलन छन्त्यालले महासंघ र शाखाबीच समन्वय र सहकार्यको सम्भावनाबारे प्रस्तावहरु राखे । टोलीका सदस्य बीरमान घर्ती मगरले युरोप शाखाको बनौटबारे महासंघलाई अवगत गराएका थिए ।

युरोपमा रहेका नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि, सम्बन्धित देशका सञ्चारमाध्यमसँग सम्बन्ध बिस्तार र पेशागत हकहितका लागि युरोप शाखा र अन्तर्राष्ट्रिय पत्रकार महासंघको सम्बन्ध र भूमिकाबारे बेलाङ्गर र मोरिनिएरीले प्रष्ट्याएका थिए ।

मार्च २२ तारिख मङ्गलबारका दिन तय भएको भेटघाट तथा छलफल बेल्जियमको जाभेन्टम एयरपोर्ट र मालबेक मेट्रो स्टेशनको बम आक्रमणका कारण स्थागित भएको थियो । त्यसपछि बिहिबार आइएफजे मुख्यालय रेसीडेन्स प्यालेस ब्रसेल्समा सम्पन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK