अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठानको गठन

ENGLISH

NRN GLOBAL

अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठानको गठन

22 December, 2016 | Sandeep Bhattarai | 675 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठानरोजगारीका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेर पनि कला र साहित्य मार्फत् देशमा योगदान पुर्‍याउँदै आएका प्रवासी नेपाली साहित्यप्रेमीहरूलाई सङ्गठित गर्ने उद्देश्यबाट ‘अन्तर्राष्ट्रिय नेपाली प्रगतिशील साहित्य प्रतिष्ठान’ को गठन गरिएको छ ।

संसारका विभिन्न देशमा रोजगाररत रहेका अन्तर्राष्ट्रिय नेपाली एकता समाज निकट रहेका, प्रवासी नेपाली साहित्यप्रेमीहरूको पहलकदमीमा सो प्रतिष्ठानको गठन गरिएको हो । लामो समयको प्रयास पश्चात् १२ डिसेम्बर २०१६ अर्थात् २०७३ मङ्सिर २७ गतेका दिन अनलाइन बैठकबाट सो समितिको गठन गरिएको थियो ।

गठित प्रतिष्ठानको अध्यक्ष गजलकार कल्पना पौडेल ‘जिज्ञासु’ (इजरायल) चुनिनु भएको छ । समितिको उपाध्यक्षमा मान बहादुर थापा (जापान), सचिव नविन बस्याल (भारत), कोषाध्यक्ष सुरेस कुमार पाण्डे (भारत) र उपसचिव राम प्रसाद गैरे (भारत) रहनु भएको छ । नौ सदस्यीय सो समितिका सदस्यहरूमा मेघराज भट्टराई (अफगानिस्तान), देवेन्द्र बुढाथोकी (कतार) र केशव गाहा ‘पाल्पाली’ (भारत) रहनु भएको छ । सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ । प्रा.डा. श्रीधर गौतम, नारान शर्मा बस्याल र लीला परियार सो समितिको सल्लाहकार रहनु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठान

श्रमजीवी वर्गका पक्षमा कलम चलाउँदै आएका प्रगतिशील साहित्यकर्मीहरूको हक र हितका पक्षमा प्रतिष्ठान क्रियाशील रहने प्रतिष्ठानकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ ले बताउनु भयो । “श्रमजीवी वर्गको हितमा साहित्य सिर्जना गर्न उत्प्रेरित गर्ने, गरिब, दीन–दुःखी र असहायहरूलाई साहित्य सिर्जनाका माध्यमबाट सहयोग गर्ने उद्देश्यले हामीले यो प्रतिष्ठानको स्थापना गरेका हौँ” अध्यक्ष जिज्ञासुले भन्नु भयो–“संसारका विभिन्न देशमा छरिएर रहेका प्रगतिशील क्षेत्रमा कलम चलाउने साहित्यप्रेमीहरूलाई सङ्गठित गर्नका लागि यो हाम्रो पहिलो प्रयास हो । हाम्रो यो अभियानमा प्रगतिशील क्षेत्रमा क्रियाशील सबै साहित्यप्रेमीहरूको साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ ।”

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK