अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

ENGLISH

ENTERTAINMENT

अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

27 February, 2017 | Bhawana Pathak | 725 Views | comments

कारागुवामा भएको ‘तेर्हौ ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन र सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गर्नुभएको छ ।

tulsi diwas

विश्वका छ महादेशका करिब १७० मुलुकका विशिष्ठ कविहरुको सहभागिता रहेको सो सम्मेलनमा निरन्तर कविता वाचन (म्याराथुन पोइट्री रिडिङ), सडक, विभिन्न शिक्षालयका कविता वाचन, विचार विमर्श, पुस्तक, लोक शिल्पकला र सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो । दिवसका कवितालाई स्पेनी, अङ्ग्रेजी र अन्य भाषामा अनुवाद गरी सुनाइएको थियो ।

यही फागुनको पहिलो साता भएको महोत्सवमा नेपालबाट सहभागी एकमात्र कवि दिवसले स्वदेश फर्केपछि रासससँग कुरा गर्दै ग्रानाडालाई विश्व कविताको राजधानी बनाउन आफूले गरेको प्रस्ताव सम्मेलनको घोषणापत्रमा समावेश भएको जनाउँदै मानव अधिकार तथा मानव कल्याणका एवम् दिगोपनाका लागि सम्मेलन केन्द्रित भएको बताउनुभयो ।

संसारबाट घृणा, अहिंसा र भेद्भावको अन्त्यका लागि काव्यिक प्रस्तुति गरिएको र पुनःनिर्माणका लैङ्गिक, युवा शिक्षा, दिगो विकास, अभिव्यक्ति स्वतन्त्रताका लागि मन्थन भएको दिवसले बताउनुभयो ।

“कविता अभिव्यक्तिको माथिल्लो कलाको भाषिक स्वरुप हो” विश्वका धेरै मुलुकका यस्ता सम्मेलनका अनुभव हासिल गर्नुभएका कवि दिवसले भन्नुभयो – “नेपालमा पनि कवितालाई केवल मनोरञ्जन र आत्मसन्तुष्टिको विषय नबनाई दिगो विकासका लागि मानसिक र वैचारिक परिवर्तनको माध्यम बनाउनुपर्छ ।”

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK