अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ, उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”

‘अन्तरिक्ष सैन्य बल’ निर्माण गर्ने अमेरिकी घोषणा

ENGLISH

‘अन्तरिक्ष सैन्य बल’ निर्माण गर्ने अमेरिकी घोषणा

10 August, 2018 | Reeta Shrestha | 8125 Views | comments

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ, उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका थिए। अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उनको भनाई छ। तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ। सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन्।

तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ, र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ। यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ। “हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,” पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने।

“अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,” उनले भने। उनले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसक्नु भएको पनि जानकारी दिए। पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दै भने– “स्पेश फोर्स अब गठन भयो ।”

अमेरिकी अन्तरिक्ष सैन्यबलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेको छ। सन् १९६२ मा राष्ट्रपति जोन एफ।केन्नेडीले अमेरिकाले चन्द्रमामा किन मानव पठाउँदैछ भन्ने बारेमा व्याख्यान दिँदै गर्दा उनले भनेका थिए, “आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।”

तर ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरुले काम गरिरहेका छन् । पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताए । जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन्।

“चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त क्रियाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित क्रियाकलाप गर्न थालेको पाइएको छ। यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,” पेन्सले भने। अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु निम्न छन्ः नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स।

डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिए। हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भने, “यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।” पेन्सका अनुसार, अमेरिकी स्पेश कमान्डभित्र हालका कतिपय सैनिक विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK