अन्तत: मलेसियाले ‘कामदार–लेभी शुल्क’ बढायो

ENGLISH

NRN GLOBAL

अन्तत: मलेसियाले ‘कामदार–लेभी शुल्क’ बढायो

20 March, 2016 | Bipin Acharya | 595 Views | comments

मलेसियाले विदेशी कामदारहरुबाट लिंदै आएको लेभी शुल्क अन्तत: वृद्धि गरेको छ । यसअघि लेभीसम्बन्धी ‘नीति’ मा पटक–पटक हेरफेर गरिसकेको मलेसियाले रोजगारीका विविध क्षेत्रअनुसार लेभी शुल्क वृद्धि गरेको हो ।

ma

मलेसिया सरकारले तेश्रोपटक लेभी नीतिमा संशोधन गरी पश्चिमी मलेसिया (पेनुन्सुलार) को उत्पादन, निर्माण र सेवा क्षेत्रमा कार्यरत कामदारका लागि ‘समान शुल्क’ (वार्षिक १८५० रिंगिट) निर्धारण गरेको छ । त्यस्तै कृषि र प्लान्टेशन क्षेत्रमा कार्यरतका लागि वार्षिक ६ सय ४० रिंगिट लागू गरिएको मलेसियाली गृह मन्त्रालयले जनाएको छ ।

संशोधित नीतिअनुसार सेवा, निर्माण र उत्पादन क्षेत्रमा पहिलेभन्दा ६ सय रिंगिट बढाइएको छ । त्यस्तै प्लान्टेशन र कृषि क्षेत्रमा पहिलेभन्दा क्रमश: ५० र २३० रिंगिट बढाइएको मन्त्रालयद्वारा शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यहाँ धेरैजसो नेपालीहरु सेवा, उत्पादन र निर्माण क्षेत्रमा कार्यरत छन् । ती बाहेकका क्षेत्रमा नेपाली कम छन् । मलेसियाले विदेशी कामदारका लागि निर्माण, उत्पादन र सेवा क्षेत्रमा यसअघि प्रति कामदार वार्षिक १८५०, १२५० र १८५० रिंगिट लिंदै आएको थियो ।

उसले यसैबर्ष जनवरी २८ मा क्षेत्रगत आधारमा १५ सय रिंगिट देखि २५ सय रिंगिटसम्म शुल्क घोषणा गरेको थियो । यद्यपी रोजगारदाता एवं सरोकारवालाहरुको आलोचना एवं आग्रहपछि उक्त निर्णय तत्कालका लागि स्थगित गरेको थियो । स्रोतका अनुसार फेब्रुअरी १६ मा विभिन्न २८ सरकार र सरोकारवाला रोजगारदातासम्बद्ध संघसंस्थासँगको छलफलपछि यो विषयले मन्त्रीपरिषदमा प्रवेश पाएको थियो ।

तेश्रोपटक संसोधन

मलेसियाले तेश्रोपटक ‘श्रम नीति’ मा हेरफेर गरेको हो । यसअघि उसले कामदारसित लिंदै आएको लेभी सन् २००९ अप्रिल १ देखि लागू हुने गरी रोजगारदाताले तिर्नुपर्ने प्रावधान ल्याएको थियो । सन् २०१३ जनवरी १ देखि न्युनतम पारिश्रमिक मासिक ९ सय रिंगिट लागू गरेको थियो । त्यसपछि पुन: लेभी शुल्क कामदारले नै तिर्नुपर्ने गरि उक्त प्रावधान उल्ट्याइएको थियो ।

नेपालीबाट अर्बौं रुपैयाँ

मलेसियामा रहेका अनुमानित ७ लाख नेपालीमध्ये अधिकांश सेवा, निर्माण र उत्पादन क्षेत्रमा काम गर्छन् । हाल लागू गरिएको नयाँ निर्णयपछि सबै विदेशी कामदारले अब उत्पादन र निर्माण क्षेत्रमा कार्यरत नेपालीले पहिलेभन्दा वार्षिक ६ सय रिंगिट बढी शुल्क मलेसियालाई तिर्नुपर्नेछ । यी क्षेत्रमा रहेका अनुमानित ३ लाख नेपालीबाट पहिलेको तुलनामा वार्षिक करिब ४ अर्ब रुपैंयाभन्दा बढी रकम मलेसियालाई जानेछ ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK