अनेसास बोर्ड अफ ट्रस्टीजको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न

ENGLISH

NRN GLOBAL

अनेसास बोर्ड अफ ट्रस्टीजको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न

20 December, 2018 | Kabiraj Adhikari | 1530 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को २०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा गीता खत्री, उपाध्यक्षमा पदम विश्वकर्मा र पुरु सुवेदी, सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा ‘अविनासी’, पुरस्कार समिति अध्यक्षमा डा गोपी उप्रेती तथा सदस्यमा तीर्थराज अधिकारी निर्वाचित हुनुभएको छ ।

हरेक चार वर्षका लागि हुने कार्यसमितिको निर्वाचनमा दुई जना उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने अध्यक्षलगायतका बाँकी पदका लागि उम्मेदवारहरुको चयन निर्विरोध भएको थियो । उपाध्यक्ष पदमा पदम विश्वकर्माले ४० मत तथा पुरु सुवेदीले ३२ मत प्राप्त गर्नुभयो । तेस्रा प्रत्यासी वलराम थापाले २३ मत प्राप्त गर्नुभयो ।

अनेसास बोर्ड अफ ट्रस्टीमा सदस्यहरु कूल ६१ जना रहेकामा निर्वाचनमा ५७ मत खसेको थियो । निर्वाचन यही डिसेम्बर १५ देखि १८ सम्म इमेलका माध्यमबाट भएको थियो ।

नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्तामा जीवन्त राख्ने उद्देश्यले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी सीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् । यस कार्यसमितिले अमेरिकामा अनेसासको केन्द्रीय कार्यालय भवन आगामी दुई वर्षभित्रमा खरिद गर्ने र अनेसासले हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने मुख्य उद्देश्य राखेको नवनिर्वाचित अध्यक्ष गीता खत्रीले बताउनुभयो ।

अनेसासले विभिन्न च्याप्टरहरुमा नेपाली बालबालिकाका लागि नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याएको छ भने यसको विस्तार गर्ने उद्देश्यसहित नेपाली पाठ्यक्रम समेत तयार गरिसकेको छ ।

अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ । अनेसासको विधानअनुसार एक हजार अमेरिकी डलर चुक्ता गरेपछि नेपाली भाषासाहित्यलाई माया गर्ने नेपालमा रहेका वा प्रवासमा रहेका नेपालीले बिओटीको सदस्य बन्न सक्ने व्यवस्था रहेको छ । (शिव लामिछाने, सचिव : अनेसास )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK