अनेसास ओमानद्वारा कलाकार तथा साहित्यकारहरुलाई सम्मान

ENGLISH

NRN GLOBAL

अनेसास ओमानद्वारा कलाकार तथा साहित्यकारहरुलाई सम्मान

शालिकराम आचार्य, मस्कट,ओमान

18 May, 2017 | Sandeep Bhattarai | 1025 Views | comments

सम्मान

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमानद्धारा आयोजीत भुमरी उपन्यास चर्चा परिचर्चा कार्यक्रममा ओमानमा लामो समय देखि कलाकारिता तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएका बिभिन्न कलाकार तथा साहित्यकारहरुलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमानले सम्मान गरेको छ ।

दिल प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली राजदूतावासका कार्यबाहक राजदुत रोजिना ताम्राकार प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रम समाजका महासचिब शुशिल पुन बिरहीले संचालन गर्नु भएको थियो । ज्ञात अज्ञात श्रष्टाहरुप्रति एक मिनेटको मौनधारणा पश्चात राष्ट्रिय गान गाई अगाडी बढेको कार्यक्रमा स्वागत मन्तब्य नवनिर्वाचित सचिब कृण्ण भुषाल प्यासीले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै,गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक डिबी क्षेत्री, गैर आवासिय नेपाली संघ ओमानका अदध्य दिपक श्रेष्ठ जनप्रगतिशिल मन्चका अध्यक्ष पदम प्रसाद अर्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, नेपाली समाज ओमानका किरण राई, जनसम्पर्क समिती ओमानका अदध्य फर्सुराम पोखरेल, प्रवासी नेपाली मन्च ओमानका रामहरि गिरी, गजलकार सोमकृष्ण श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, पत्रकार शालिकराम आचार्य, समाज सेवी तोलाकान्त भट्टराईले भुमरी उपन्यासको चर्चा परीचर्चा गर्दै बधाई तथा शुभकामना दिएका थिए भने अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमानले स्थानिय कलाकार तथा साहित्यकारहरुलाई सम्मान गर्ने कार्यक्रम बाताबरण मिलाएर उत्कृष्ट कार्य गरेको बताउनु भएको थियो ।

जनसम्पर्क समिती ओमानका अध्यक्ष फर्सुराम पोखरेलले कबिता मार्फत भुमरी उपन्यासको राम्रो संग चर्चा गर्नु भएको थियो । सोहि कार्यक्रममा पत्रकार शालिकराम आचार्य तथा जि बि लामा पनि सम्मानित हुनु भएको थियो तथा वसन्त नेपाल, दिल प्रसाद पौडेल, सुशील पुन बिरही, सोमकृष्ण श्रेष्ठ, योगेश बानु राई, रञ्जित आचार्य, लक्ष्मी निर्मल कोइराला, किरण राई, इन्दिरा गुरुङ, अनुप पाण्डे, दिपिका श्रेष्ठ, हिमलाल पौडेल, मुना नेपाल श्रेष्ठ, नानू गुरुङ, प्रकाश राणा, यामु आले, सन्देश राई, नारायण ज्ञवाली, गिता लिम्बू, कुमारी तितुङ, मनु सुनुवार, खेम खड्काथोकि, चेतन मगर, सेवन्त पुर्जा पुन, सँगम थापा, बेदनिधि आचार्य, जयकुमारी थापा, मनोज गुरुङ, जेनि राइ, रोजि तामाङ, उमेश घिसिङ, राज ठकुरी, दिल रोका, तुला गिरि, तोलाकान्त भटराई, कृष्ण भुषाल प्यासी, मनिषा गुरुङ्ग लगाएतका कलाकार तथा श्रष्टाहरु सम्मानित भएका थिय सबै कलाकार साहित्यकारहरुलाई नेपाली राजदुताबास ओमानका कार्यबाहक राजदुत रोजिना ताम्राकारद्धारा सम्मान पत्र प्रदान गरीएको थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै ताम्राकारले प्रबासमा रहेर पनि कामको अलवा धेरै मिहिनेतका साथ समय दिएर चेतनामुलक बियोगान्त भुमरी उपन्यास रचना गर्ने बसन्त नेपाललाई बधाई दिनु भएको थियो । उल्लेखीय सहभागिता रहको कार्यक्रममा बिभिन्न साहित्यक खुराखहरु पनि प्रस्तुत गरीएको थियो । अन्तराष्ट्रिय नेपाली समाज ओमानले आगामी दिनमा पनि यस्ता धेरै कार्यक्रम गर्दै नेपाली भाषा, साहित्य र कलाकारीताको बिकासमा योगदान निरन्तर पुर्याउने बताउँदै सबैलाई आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

कतारमा अनेसास–नबोदितको ६८ औं डबली कार्येक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK