अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियामा हुने

ENGLISH

NRN GLOBAL

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियामा हुने

16 July, 2017 | Bhawana Pathak | 1065 Views | comments

प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाको पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिकमा आयोजना हुने भएको छ ।

पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो। र पर्थको हकमा नेपाली समुदायमा अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हुने छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (पर्थ-डब्लु ए) शाखाको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपालका साथै विश्वभरिबाट साहित्यकार तथा लेखकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल लगायत संसारभरका नेपाली भाषा तथा साहित्यप्रेमी महानुभावहरुलाइ सुन्दर नगरी पर्थमा ल्याउने, कार्यक्रमका संयोजक तथा च्याप्टरका अध्यक्ष गणेश घिमिरेले जानकारी दिनुभयो | अध्यक्ष घिमिरेका अनुसार डायस्पोरामा रहेको नेपाली साहित्यलाई कसरी विश्वस्तरीय बनाउन सकिन्छ भन्ने बारेमा सम्मेलनमा छलफल हुनेछ ।

यस प्रकारका सम्मेलनबाट नेपाली साहित्यको परिचय र विकास विश्वका अन्य भाषिक साहित्यको दाजोमा पुर्याउनमा थप बल पुग्ने अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले बताउनु भयो । अहिले कार्यक्रमको पूर्व तयारीका लागि विभिन्न समितिहरूको निर्माण गरी आवश्यक पूर्वाधार तयार गर्न काम भइरहेको जानकारी केन्द्रीय सचिब समेत रहेका कार्यक्रम सन्योजक घिमिरे ले बताउनु भयो ।कार्यक्रमलाई सभ्य र भव्य रूपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने मूल आयोजक समितिका सह-संयोजक निरज क्षेत्रीले बताउनु भयो |

संस्थाका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले यस साहित्यिक सम्मेलन मार्फत नेपाली साहित्यको वर्तमान आयाम, नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण बारेमा छलफल हुने बताए | उनले यस सम्मेलन मार्फत विश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुलाई एकै ठाउँमा जोड्ने दाबी समेत गर्नु भयो ।

कार्यक्रम तयारी र आवश्यक व्यवस्थापनका लागि केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा संस्थाका वरिस्ठ उपाध्यक्ष राधेश्याम लेकाली, सचिव गणेश घिमिरे र ओसियाना उपाध्यक्ष भीमसेन सापकोटा सहितको उच्चस्तरीय निर्देशन समिति निर्माण भएर काम भइरहेको छ | कार्यक्रमलाई ब्यबस्थित पार्नको निम्ती बिभिन्न उप समितीहरु पनि गठन भएका छन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्दै आएको छ । यस अघि २०१५ मा उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ को सन्योजकत्त्वमा चौथो सम्मेलन जापानको टोकियोमा आयोजना गरिएको थियो | संसारभरका ४० वटा भन्दा बढी देशमा झन्डै ९० को हाराहारीमा च्याप्टरहरु स्थापना गरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्ष्ण र प्रबर्द्दन गर्ने यो संस्था नै सबै भन्दा ठुलो सस्थाको रूपमा उभीएकाे छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK