अनुजाले १५ मिनेटमा एनआरएनएलाई बनाईन् भावुक

ENGLISH

NRN GLOBAL

अनुजाले १५ मिनेटमा एनआरएनएलाई बनाईन् भावुक

क्षणभरमै तीस लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठ्यो

31 July, 2016 | Sandeep Bhattarai | 1490 Views | comments

प्रकाश ढकाल / बसन्त रानाभाट, कोपनहेगन/ पुर्खौली घर हटिया गाबिस बडा नम्बर ४ गल्कोट बागलुङ् भएकी र हाल भरतपुर नगरपालिका बडा नम्बर १४ नारायणपुरमा बि.स. २०५६ साल बैशाख ७ गते जन्म भएकी दृष्टिबिहीन (पुरा देख्न नसक्ने ) अनुजा गौतमले आफ्नो जीवनमा यती ठुलो नसोचेको सफलता पन्ध्र मिनटको समयमा हासील होला भनेर सोचेकी पनि थिइनन् ।

अनुजा गौतम

तर उनको जीवनमा हालै कोपनहेगनमा आयोजना भएको नवौं एनआरएनए युरोपियन क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन त्यो उनको अपाङ्गता भएको जीवनमा ठुलो परिवर्तन ल्याईदिने सावीत भएको छ । अपाङ्गता भई दुख पिडामा परेका उनको उद्धेश्य प्राप्तीमा केहि आशा जगाएको छ कोपनहेगन सम्मेलनले ।

उनले पन्ध्र मिनट गरेको प्रस्तुतिले कोपनहेगनको हिल्टन होटलको सम्मेलन एकछिन स्तब्ध मात्र बनेन मानवीय कार्यमा सहयोग गर्नमा एनआरएनए का अभियान्ताहरु कति संवेदनशील छन् भन्ने समेत देखाईदिएको छ । अनुजाको प्रस्तुति लगत्तै अनुजाको अभियानमा साथ दिंदै जव एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोले ५ हजार डलर दिने घोषणा गरे। लगत्तै अनुजाको सपनाले साकार रुप लिन थाल्यो ।

तीनै अनुजाले गरेको पन्ध्र मिनटको प्रस्तुतिले क्षणभरमै तीस लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको छ । सो रकम उनले नेपालमा अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्ने बताएकी छन् । उनले गरे प्रस्तुतिमा अपाङ्गता भएका व्यक्तीहरुले के के गर्न सक्छन त ? भन्दै विश्वभर अपाङ्गता भएका व्यक्तीहरुको गरेको महान कार्यको उदाहरण दिएकि थिइन ।

संस्थापक अध्यक्ष महतोले घोषणा गरे लगत्तै संघका अध्यक्ष शेष घलेले ३ हजार डलर, पूर्व अध्यक्ष जीवा लामिछानेले ३ हजार डलर, राम थापाले २ जहार डलर उपाध्यक्ष कुमार पन्तले १ हजार डलर, युरोप संयोजक कुल आचार्यले १ हजार डलर, दिल गुरुङले १ हजार डलर हुँदै सहयोग गर्नेहरुको लहर नै चलिरहेको छ।यसैबीच डेनमार्कबाट पत्रकारिता गरिरहेका पत्रकार शशी कुमार ढकालले अनुजाको सपनालाई साकार पार्न १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। एन आर एन सचिव अर्जुन कुमार श्रेष्ठले १ हजार डलर सहयोग गर्ने घोषणा गरेका छन। यसैगरी एनआरएन अध्यक्ष दिपेन्द्र चुडालले डेनमार्कमा रहेका सबै संस्थाहरुको पहलमा डेनमार्कबाट अझ सहयोग जुटाइने बताई सकेका छन् । ।

अनुजाले एनआरएनए युवा फोरमले चलाएको सेसन ‘युवा र सामाजीक उधमशीलता’ अन्तर्गत सम्मेलनमा प्रश्तुती दिएकी थिइन। त्यो सेसनमा एनआरएन युवा ग्लोबल उप संयोजक लोक राज शर्माले उनको क्षमता देखेर प्रस्त्तुतीको लागि ल्याएका थिए।पिता सुबोर्ण दत्त गौतम र माता कल्पना शर्मा गौतमकी जेठी छोरी अनुजा गौतम डेनमार्क आएको दुइ वर्ष पनि पुगेको छैन । दृष्टी कमजोर भएकी उनको स्कुले शिक्षा चितवन होलिभिजन माध्यामिक बिद्यालय पछि पोखरा अमरसिह उच्च माबि पोखरामा २ देखि ४ कक्षासम्मको अध्ययन पश्चात काठमाडौ ल्याबरटोरी उच्च माबिमा (४ कक्षा देखि ब्रेलमा सुरु गरेको अग्रेजी माध्यममा) ९ कक्षा पढ्दा पढ्दै डेनमार्क आएकी हुन् ।

हाल उनी डेनमार्कमा स्थानीय डेनिश भाषा सिकेपछि उनले यहींको भाषामा ब्रेल लिपिमा आफ्नो पढाईलाई निरन्तरता दिने बताएकी छन् । आफ्नी छोरीलाई हौसला दिएको देखेर आमा कल्पना शर्मा गौतम सम्मेलन स्थलमै निकै भावुक बनीन् । छोरीले प्रस्तुति यस्तो होला भनेर नसोचेको पनि उनले बताइन्। दुइ छोरी मध्ये जेठी अनुजाले आफनो व्यक्तिगत कार्यहरु आँफै गर्दै आएकी छिन भने उनलाई बाहिर घुमाउन र लैजान उनकी बहिनीले सहयोग गर्दै आएकी छन् ।

डेनमार्कमा हुने विविध कार्यक्रमहरुमा अनुजाले निकै भावुक खालका कविताहरु बाचन गर्ने गर्छीन् । अनुजाको उद्धेश्य नेपालमै अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग पुर्याउने र आर्थीक अभाव भएका अपाङ्गहरुलाई उनीहरुको शिक्षामा सहयोग पुर्याउनु रहेको छ । यो अभियानलाइ उनले `अ कलरफुल स्याडो मुभमेन्ट ` नाम दिएकी छन् । यो अभियान एनआरएन डेनमार्क युथ फोरमले चलाएको “होप इनिसिएट” अन्तर्गतको भएको एन आरएन डेनमार्कका युथ कोर्डीनेटर प्रशान्तराज बानियाले बताए । अब कार्यक्रमलाइ प्रभावकारी रुपमा अगाडी बढाइने समेत युवा संयोजक बानियाँ बताउँछन्।

अनुजाले प्राप्त सहयोगबाट दृष्टिबिहीन जयराम लामिछानेलाई उच्च शिक्षाको लागि अमेरिका पठाउने उनको पहिलो योजना रहेको छ। काठमाडौमा गोल्डेनगेट ईन्टरनेशनल कलेजबाट ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट प्लस टु सम्पन्न गरेका लामिछाने हाल आर्थीक अभावले लक्षमा पुग्न सकेका छैनन् । अमेरिकामा पढ्न चाहेको कलेजले उनलाई अनुमती दिइसकेको छ जसअनुसार उनले नौ महिनाको कोर्स गर्नुपर्नेछ । लामिछानेलाई आर्थीक सहयोग गरेर अमेरिका पुर्याउन सके उनी आँफैले आफ्नो भाग्य निर्माण गर्ने अनुजाको कथन छ ।

त्यसैगरी अनुजाले सहयोग गर्न चाहने अर्का अपाङ्ग व्यक्ती हुन् गौतम पोखरेल । काठमाडौ हिमालयन ह्याईटहाउस कलेजबाट बिज्ञान बिषयमा ८२ प्रतिशत ल्याएर प्लस टु उत्रिण पोखरेल पढ्नका लागि उच्च शिक्षाका लागि अमेरिका पढ्न चाहेको तर आर्थिक अभावले जान सकेका छैनन् । उनलाई सहयोग पुर्याउनु अनुजाको लक्ष्य हो । यसैगरी अर्का अपाङ्ग व्यक्ती हुन् सौगात वाग्ले जो ए प्लस ल्याएर हालै एसएलसी पास गरेका छन् तर आर्थीक अभावको कारण कलेज भर्ना हुन सकेका छैनन् । उनलाई उच्च शिक्षा दिलाउन सहयोग गर्नु अनुजाको लक्ष्य हो ।

यी तीन जना अपाङ्गलाई चाहे जस्तो शिक्षा दिन सके उनीहरुको जीवनमा परिवर्तन मात्र आउने नभई अपाङ्गहरुले पनि अवसर पाए गर्न सक्ने उदाहरण पेश गर्नु अनुजाको उद्धेश्य हो । अनुजाको सोचाई १५ बर्ष सम्म उनले जति दुख पाइन् त्यो दुख अरुले नपाउनु भन्नु नै हो । अपाङ्गता भएका बालबालिकाहरु कोहि पनि अवसरबाट बञ्चित नहुन् भनेर गर्न लागेको उदाहरणीय कार्यमा सबैको साथ् र सहयोगको अपेक्षा गर्दै उनले आँफु सफल हुनेमा विश्वस्त देखिन्थीन् ।

युथ फोरम डेनमार्कबाट सहयोग गर्ने यदी सम्भव भयो भने नेपालमा पनि भावाना भएको समुह खोल्ने प्रस्ताब गर्ने उनले राख्ने भएकी छन्। अनुजाको प्रस्तुति सकिए लगत्तै एनआरएन अध्यक्ष शेष घलेले उनलाई “लाईभटाईम एनआरएनए योङ्ग एम्बेसेडर बनाउने प्रस्ताव गरे पछि सम्मेलन स्थलमा तालिबाट अनुमोदन भएको थियो।

संस्थापक अध्यक्ष उपेन्द्र महतोले दृष्टीविहीन छोरीले हाम्रो मनको आँखा खोलिदिएको भनेर भन्दै गर्दा हलभरी ताली बजेको थियो । ठुलो रकम उठेपछि मंचबाट अनुजाले भनीन `कल्पना पनि गरेको थिइन तर गर्छु भन्ने आँट त थियो, धन्यबाद दिन चाहन्छु सबैलाई तपाईको सहयोग साथलाई धन्यबाद ,भोलि पनि यस्तै सहयोग र साथको अपेक्षा गर्दछु।

यो पनि हेर्नुस – एनआरएनए नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन डेनमार्कमा सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK