अनिल कुम्बले भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

ENGLISH

SPORTS

अनिल कुम्बले भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले कुम्बलेलाई एक वर्षका लागि नियुक्त गरेको छ

24 June, 2016 | arjun baral | 1310 Views | comments

भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान अनिल कुम्बले नियुक्त भएका छन् । बिहीबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले कुम्बलेलाई एक वर्षका लागि नियुक्त गरेको हो ।

उनले वेष्ट इन्डिजसँग हुने टेस्ट सिरिजबाट भारतीय टिम सम्हाल्ने छन् । मुख्य प्रशिक्षक कुम्बले नियुक्त भएपनि बलिङ, ब्याटिङ र फिल्डिङ प्रशिक्षक नियुक्त गर्न भने केही दिन लाग्ने बिसिसिआईले जनाएको छ ।

सचिन तेन्दुलकर, सौरभ गांगुली, भिभिएस लक्ष्मण र संजय जगदा सदस्य रहेको सल्लाहकार समितिले कुम्बलेलाई प्रशिक्षकका लागि छनोट गरेको हो । प्रशिक्षकका लागि मागेको आवेदनमा ५७ जनाको आवेदन परेको थियो । ५७ जनामध्ये २१ जना छनोट गरि अन्तवार्ता लिएर कुम्बलेलाई चुनिएको हो । सन् २००० मा कपिल देवले राजिनामा दिएपछि भारतीय नै प्रशिक्षक भएको यो पहिलो पटक हो ।

कुम्बलेसँग इन्डिएन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको प्रशिक्षक भएको बाहेक अन्य अनुभव छैन । १८ वर्ष भारतीय टिमबाट क्रिकेट खेलेका स्पीनर कुम्बलेले टेस्ट क्रिकेटमा ६ सय १९ विकेट लिएका छन् ।

सन् २००७ मा टेस्ट टिमको कप्तान भएपछि उनले सम्हालेका १४ खेलमा भारतले तीन वटामा जितको थियो भने पाँच वटामा हार वेहोरेको थियो । ६ खेल बराबरी भएका थिए ।

युरो कपको अन्तिम १६ मा पोर्चुगल, हंगेरी, आइसल्याण्ड, बेल्जियम र रिपब्लिक अफ आयरल्याण्ड (भिडियो सहित) 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK