अनिता गुरुङ एनआरएनए जापानको महिला उपाध्यक्षमा सर्वसम्मत

ENGLISH

अनिता गुरुङ एनआरएनए जापानको महिला उपाध्यक्षमा सर्वसम्मत

2 September, 2017 | Sandeep Bhattarai | 975 Views | comments

अनिता गुरुङगैरआवासीय नेपाली संघ एनआरएनए जापानको महिला उपाध्यक्षमा अनिता गुरुङ सर्वसम्मत चयन हुनु भएको छ।

निर्वाचन समितिका संयोजक ओम गुरुङ तथा नव निर्वाचित अध्यक्ष टासी वाङदी लामाको विशेष पहलमा शुक्रबार महिला उपाध्यक्ष पदका पदाधिकारीहरुवीच भएको सहमति प्रयासमा प्रत्यासी सविता श्रेष्ठले गुरुङलाई समर्थन गरेपछि सर्वसम्मत सम्भव भएको हो।

शुक्रबार साँझ भएको सहमति पछि प्रत्यासी सविता श्रेष्ठले आफना सुभेच्छुकहरुलाई धन्यवाद दिदै सहमतिमा नयाँ नेतृत्व चयन गर्न आफु बाधक नहुने भन्दै महिला उपाध्यक्षमा अनिता गुरुङ सर्वसम्मत भएको जानकारी गराएकी थिईन।

वर्तमान कार्यसमिति सदस्य रहेकी सविताले आफु एनआरएनए अभियानमा सकृय रहने भन्दै सहमतिबाट सवै पदाधिकारी चयन हुनेमा विश्वास व्यक्त गरेकी छन। यता उपाध्यक्षमा चयन भएकी गुरुङले एनअारएनए अभियानमा सवैलार्इ समेटेर सृजनात्मक काम गर्ने प्रतिवद्धता जनाएकी छन।

सहमति प्रयास जारी

यसैबीच आईतबार हुन लागेको एनआरएनए जापानको निर्वाचन पूर्व उम्मेदवारहरु बीच विभिन्न पदमा सहमति प्रयास जारी राखिएको छ।
निर्वाचन समितिका संयोजक गुरुङ तथा नव निर्वाचित अध्यक्ष टासी वाङदी लामाको विशेष पहलमा उपाध्यक्ष, सचिव र सदस्य पदमा समेत सहमति प्रयास जारी राखिएको छ।

यस अघि आठौँ अधिवेशन अवसर मै अध्यक्षमा टासी वाङदी लामा, महासचिवमा बुद्धिराज घिमिरे र कोषाध्यक्षमा कालिका थापा सर्वसम्मत चयन भएका छन भने वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी तथा आईसीसी सदस्यहरुमा टंक गैरे, कपिलदेव थापा, केशर गिरी, दिनेश गुरुङ, डिलाराम गैरे र अनुज थापा सर्वसम्मत चयन भएका छन।

अनलाईन भोटिङ तयारी पुरा

अन्तिम समयसम्म सहमतिको प्रयास जारी राखिने बताउदै आएको निर्वाचन समितिले भने यस पटक गर्न लागिएको भनिएको अनलाईन भोटिङको तयारी समेत पुरा गरि सकेको जनाएको छ।

एनआरएनए जापानको अध्यक्षमा टासी लामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK