अनिताद्वारा एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

ENGLISH

अनिताद्वारा एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

23 July, 2017 | Sandeep Bhattarai | 795 Views | comments

अनिता गुरुङगैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ।

एनआरएनए जापानले यसै पटक देखि सृजना गरेको नयाँ पद महिला उपाध्यक्षमा अनिता गुरुङले आफना प्रतिवद्धता पत्र सहित उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो।

तमुधीँ जापानको उपाध्यक्ष रहनु भएकी गुरुङ जापानवासी नेपाली महिलाहरुमा परिचित अनुहार हुन। अघिल्लो कार्यकालका उपाध्यक्ष पदमै उम्मेदवारी घोषणा गरेर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएकी थिईन। यस पटक भने गुरुङले महिलाका लागि छुटयाईएका उपाध्यक्ष पदमा आफूलाई शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको जानकारी दिनुभयो।

यस्तो छ गुरुङको प्रतिवद्धता पत्र
आदरणीय जापानवासी आमा-बुवा,दिदी-बहिनी, दाजु- भाई र साथीहरूमा शितल अभिवादन विदेशमा रहेका हामी नेपालीको एउटै छाता संस्था एनआरएनएको चुनाबी माहौल र प्रतिस्पर्धा संसारभर छरिएर रहेका नेपाली समुदाय भएका देशहरुमा चलिरहेछ ।

तदनुरुप नेपालीहरुको बाक्लो उपस्थिती रहेको साथै एनआरएनएको केन्द्रीय नेतृत्व तहमा पटक पटक बिभिन्न पदमा नेतृत्व गर्ने अग्रजहरु तयार गरेको र गर्दै गरेको एनआरएनए जापान, विश्वभरका नेपालीका लागि एक नमूना र मार्गदर्शक पनि हो । त्यसैले यस अभियानमा जोडिनका लागि मेरो सानो परिचय यहाँहरुसामु राख्न चाहन्छु ।

१० बर्ष अघि जापान आई यस अवधिमा विभिन्न संस्थामा आवद्व भै नेपालीको सेवा गर्न पाउँदा खुशी लागेको छ । जसको केही विवरण निम्नलिखित छन :

१. सर्वप्रथम आफू गुरुङको छोरी भएकोले मेरो सामाजिक सेवाको शुरुवात तमुधीँ जापानबाट भयो। यो संस्थामा लगातार आवद्ध भै हाल बरिष्ठ उपध्याक्ष पदमा सेवारत छु ।

२. जापान आई बिभिन्न पेशा ब्यवसाय गर्दै आउनु भएका मनाङवासीहरुको संस्था मनाङ सोसाइटी जापानको संस्थापक सदस्यको रूपमा अधाबधिक विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छु ।

३. एनआरएनए जापानको २०११-२०१३ कार्यकालमा कार्यसमितिको सदस्य, २०१३-२०१५ आइसिसी महिला प्रतिनिधि रहि यस संस्थाले गर्दै आएका बिभिन्न सामाजिक कार्यहरूमा क्रियाशील ।

४. नेपाल फेष्टिबल २०१३ को मुख्य आयोजक महिला कमिटिमा उपाध्यक्ष पदमा रही नेपाली कला र संस्कृतिलाई जापानमा चिनाउने पवित्र कार्यमा सक्रिय भई कार्यक्रम भव्य र सभ्य रुपमा सफल।

५. एनआरएनएको ग्लोबल सम्मेलन २०१४ तातेशिना नागानोकुमा सक्रिय सहभागिताका साथै एनआरएनएबाट हुने हरेक कार्यक्रमहरूमा सक्रियता।

६. पूर्वी नेपाल सहकार्य विकास केन्द्र,जापानका विभिन्न सामाजिक क्रियाकलापहरुमा सकृय रुपमा आवद्दता ।

७.हामी महिलाहरुको समूहद्वारा नेपालमा ललितपूरको फुलचोकी उच्च माध्यमिक विद्यालय र दोलखाको विद्यालयमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थी बहिनीहरूलाई ११ र १२ कक्षाको छात्रवृत्ति दिंदै आएको र अन्य ठाउँहरुमा पनि छात्रवृत्ति दिने प्रयासरत छौं।

यस कारण मेरो उम्मेद्वारी:

महिलाहरूमाथि हुने विभिन्न हिंसा न्यूनिकरण गर्न,

सुत्केरी तथा बालबालिकाहरूको लागि आवश्यक सेवा तथा परामर्श सहज बनाउँन,

महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढिभन्दा बढि सहभागि हुन उत्प्रेरित गर्न,

महिलाहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटित गर्न गराउन, विद्यार्थी, कुक, व्यवसायी, युवा, डिपेन्डेन्ट्स लगायत सम्पूर्ण नेपालीका समस्यालाई आपसी सहकार्यद्वारा समाधान गर्न,

एनआरएनए एक गैरराजनीतिक, गैर-मूनाफा मूलक संस्था भएको र म आफूमा पनि सामाजिक सेवा गर्न सधै उत्सुक रहेको तथा एक नारीको हैसियतले म आफूले जानेको,सिकेको र बुझेको कुरालाई नारीहरूको उत्थानमा योगदान गर्नै पर्दछ भन्ने आकांक्षा भएकोले आउँदो एनआरएनए जापानको चुनावमा महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिँदैछु । सदा झैं यहाँहरुको सहयोग र साथको अपेक्षा गर्दै एनआरएनए जापानलाई समस्त जापानबासी दाजुभाई दिदी बहिनीहरूको भावनात्मक र एक मात्र साझा संस्था बनाउँन अझै जोड़ दिनेछु ।

एनआरएनए जापानको सचिवमा लामिछानेको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK