अनाथ बाल बालिकालाई एचडीएनपी इन्टरनेसनल द्वारा खाद्य सामग्री वितरण

ENGLISH

अनाथ बाल बालिकालाई एचडीएनपी इन्टरनेसनल द्वारा खाद्य सामग्री वितरण

5 September, 2015 | Sandeep Bhattarai | 620 Views | comments

hविजय थापा ,वाशिंगटन डिसी – अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको डालसमा असहाय घरबार बिहिन तथा सडक बालबालिकालाई बिभिन्न खाद्य सामग्री वितरण गरेको छ l

उक्त कार्यक्रममा एचडीएनपी इन्टरनेसनल तथा टेक्सास डालस शहरको युथ वोर्ल्ड डालस नामक गैर मुनाफा संस्थाको सयुक्त पहलमा झन्डै १ सय भन्दा ज्यादा बाल बालिकालाई मिठाई ,आहार तथा अन्य खाद्य सामग्री वितरण गर्यो l

बालबालिकाका लागि खाद्य सामग्री ,मिठाई तथा अन्य खाने कुरा नेपाली समाज टेक्सासले उपलब्ध गराएकोमा एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले धन्यबाद दिएका छन् l

h1स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको संस्थाले खान खुवाउदा कम्तिमा १ हजार ५ सय डलर खर्च लाग्ने भएकोले अर्थ सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको बताएको छ l

खाना खुवाउने अतिरिक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l

यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको संस्थाले बताएको छ lहेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK