अनमोल पेटमै लामो थियो : सुस्मिता अनमोलकी आमा

ENGLISH

ENTERTAINMENT

अनमोल पेटमै लामो थियो : सुस्मिता अनमोलकी आमा

सुस्मिताले संझिइन्-‘अनमोल पेटमै लामो थियो, ज्योषितलाई हेराएर जन्माएकी थिएँ’

29 June, 2016 | Bipin Acharya | 1085 Views | comments

अहिलेका सुपरस्टार नायक अनमोल केसी जन्मिदाको क्षण रोचक रहेछ । नायक भूवन केसीसँग अलग भएपछि सुस्मिता एक्लै बस्दै आएकी छिन् । तर, उनको सामिप्यतामा अनमोल सधै छन् । उनले भनिन्-‘मिडियामा नआएको मात्र हो । अनमोल एक हप्ता उता र एक हप्ता मसँग बस्छ ।

mom-and-son-anmol-kc-sushmita-kc-

कहिलेकाही खाना बनाए राख्नुहोस् म आउँछु भन्दै आउँछ ।’ आफू अनमोलबाट टाढा नभएको भन्दै उनले छोराको अभाव महशुश नभएको पनि बताइन् ।

आमा सुस्मिताले छोरा जन्मदाको क्षण संझिइन् । उनले भनिन्-‘अनमोल मेरो पेटमा हुँदा नै लामो थियो । यसैले अहिले त्यती अग्लो देखिएको छ । मैले नियमित रुपमा डाक्टर भोला रिजालसँग चेकअप गरिरहेको थिएँ ।’

डाक्टरले बच्चा प्राकृतिक रुपमा नजन्मने र सिजरियन नै गर्नुपर्ने बताएपछि सुस्मिताले ज्योतिषलाई संझिइछन् । भनिन्-‘यदि जन्माउने कुरा हाम्रै हातमा हुने भएपछि ज्योतिषलाई किन नदेखाउनु भनेर देखाएँ । नागपोखरिमा एक जना चर्चित ज्योतिष हुनुहुन्थ्यो । मैले कुन दिन, कति बजे जन्माउँदा छोरा ह्यान्डसम हुन्छ, राजयोग पर्छ भनेर ज्योतिषलाई सोधेँ ।’

छोरा विश्व मै चर्चित भएको हेर्न मन थियो, ह्यान्डसम होस् भन्ने चाहना थियो । यसैले ज्योतिषलाई सबै सोधेकी थिएँ ।’-सुस्मिताले भनिन् ।

ज्योतिषले चैत्र १७ गते वुधबार बिहान साढे ११ बजेको समय दिएका थिएँ । सुस्मिताले रमाइलो गर्दै भनिन्-‘ठ्याक्कै ११ः३० मा अनमोलको टाउको मेरो शरिरबाट बाहिर निकालिएको थियो र उ रोएको थियो ।’

ज्योतिषले नै अनमोलमा ‘राजयोग’ छ भनेको अहिले पनि सुस्मिता संझिन्छिन् । अनमोल अहिले चर्चामा आउनुको पछाडि कारण यो पनि होला त भन्ने प्रश्नमा उनले भनिन्-खै त्यो त कसरि भनुँ । तर, म भने ज्योतिषमा खुबै विश्वास गर्छु ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK