अनमोल केसी नेपाली फिल्म इन्डस्ट्रीका सबभन्दा महंगा नायक बन्दै

ENGLISH

ENTERTAINMENT

अनमोल केसी नेपाली फिल्म इन्डस्ट्रीका सबभन्दा महंगा नायक बन्दै

7 June, 2016 | Anjana Bhandari | 2925 Views | comments

यदि भनिएजस्तो भएको खण्डमा नेपाली चलचित्रका उदयमान सुपरस्टार नायक अनमोल केसी सर्वाधिक पारिश्रमिक लिने नायक बन्नेछन् । केही महिना अगाडि एक चलचित्रको पत्रकार सम्मेलनमा नायक निखिल उप्रेतीले एउटा चलचित्रबाट २० लाख पाएको खण्डमा बर्षमा २ वटा मात्र चलचित्र गर्ने बताएका थिए।

anamol

तर, निखिललाई २० लाख दिन अझै कोही निर्माता तयार भएका छैनन् ।तर, सुपरस्टार नायक केसीलाई भने २० लाख पारिश्रमिक दिएर चलचित्र बनाउन निर्माता-निर्देशक तयार भएको श्रोतले बताएको छ । ‘केसर’ नाम राखेर काम भैरहेको चलचित्रका लागि अनमोललाई २० लाख पारिश्रमिक दिन लागिएको हो । साथमा नायक भूवन केसीको ब्यानर ‘द सुपर काजोल’ले यसमा ४० प्रतिशत लगानी गर्नेछ ।

नायक भूवन केसीले भने अनमोलले २० लाख पारिश्रमिक भन्दा पनि कथा हेरेर काम गर्छु भनेको बताए । उनका अनुसार अहिले नै अनमोलले काम गर्ने नगर्ने कुनै संझौता भएको छैन । उनले निर्मात्री पूनम गौतमले भने अनमोललाई २० लाख दिएर काम गर्न अफर गरेको बताए ।

भूवनका अनुसार निर्माता सुवास गिरी र र द सुपर काजोल फिल्मस्ले मिलेर चलचित्र बनाउने कुरा भएको छ ।बेलायत र नेपालमा छायांकन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।निर्माता सुवास गिरीको यसमा लगानी रहनेछ ।

अहिलेसम्म निर्माणपक्षले यसमा कुनै मुख खोलेको छैन । निर्माता गिरी नेपालबाहिर रहेकाले पनि अनमोलसँग संझौता हुन बाँकी रहेको हो । तर, मौखिक रुपमा सम्पूर्ण सहमती भैसकेको वुझिएको छ ।

चलचित्र ‘गाजलु’मा पनि महंगो पारिश्रमिक लिएका अनमोलले बर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्दै आएका छन् । उनले अभिनय गरेको होम प्रोडक्शन चलचित्र ‘ड्रिम्स’ले नेपालबाट मात्र २ करोडको शेयर दिएको थियो ।

यसैले पनि अनमोल र उनका पिता भूवन केसी महंगो पारिश्रमिक र शेयर विना चलचित्रमा संझौता गर्दैनन् । अहिले, अनमोलको करिअरमा भूवनको प्रत्यक्ष हस्तक्षेप छ । शेयर नपाएका कारण अनमोलले केही चलचित्र छाडेका पनि छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK