अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

ENGLISH

SPORTS

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

नेपालका लागि पदक जित्ने खेलाडीलाई जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार दिने घोषणा

15 August, 2018 | Sandeep Bhattarai | 3375 Views | comments

तेक्वान्दो

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन खेलकुदमा तेक्वान्दो खेल तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्वभरी छरिएर रहनु हुने तेक्वान्दो खेलका पूर्व प्रशिक्षक, प्रशिक्षक, पूर्व खेलाडी तथा खेलाडीहरुको संस्था अनटिएफले इन्डानेसियाको जर्कातामा हुन लागेको १८ औं एसियन खेलकुद प्रतियोगितामा नेपालका लागि स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमश: जनही ५ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार उपलब्ध गराउने भएको संस्थाका अध्यक्ष सन्तोष प्रधान तथा महासचिव लभ गोर्खालीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाएका छन् ।

अन्तराष्ट्रिय खेलकुदमा सहभागि खेलाडीहरुको मनोवल बढाउन संस्थाले गरेको नगद पुरस्कार दिने घोषणाले सहयोग पुग्नेछ भन्ने विश्वास रहेको जनाएको छ । साथैं आगामी दिनमा अझ अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई बढी सहयोग गर्न सकौं भन्ने चाहना समेत रहेको उक्त विज्ञप्तिमा जनाइएको छ ।

साथैं १८ अगस्तदेखि २ सेप्टेम्वर सम्म हुने एसियन खेलकुदमा सहभागी हुने राष्ट्रिय तेक्वान्दो टोलीका खेलाडी तथा प्रशिक्षकहरुलाई अनटिएफले झण्डै २ लाख मुल्य बराबरको ट्रयाकसुट उपलब्ध गराएको छ ।

हाल दक्षिण कोरियामा रहेको टोलीका खेलाडी तथा प्रशिक्षकहरुलाई त्यहा रहनुभएका संस्थाका नेपाल च्याप्टरका पूर्व अध्यक्ष तथा सल्लाहकार नोर्वु लामाले पूर्व ओलम्पियनद्धय दिपक विष्ट र संगिना वैद्य तथा प्रशिक्षक बद्री घिमिरेको उपस्थितिमा ट्रयाकसुट हस्तान्तरण गरेको जनाइएको छ ।

युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले स्थापना काल देखि नैं नेपालको खेलकुद विकासमा सहयोगी बन्दैं खेलाडीहरुलाई समेत संस्थाले आफ्नो क्षमता अनुसार अनुसार सहयोग गर्दै आएको छ ।

संस्थाको क्रियाकलापलाई सबैं माझ पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण पत्रकार एवं मिडिया तथा सहयोगी सबैंमा आभार व्यक्त गरेका छन् । नेपाली खेलाडीले आसन्न एसियन प्रतियोगितामा उत्कृष्ट नतिजा आत्मसात गर्न सकुन् भन्दै अनटिएफ सम्पूर्ण खेलाडीमा शुभकामना समेत दिएको छ ।

डिसी तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुलाई ५० पदक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल

अमेरिकामा शिक्षाविद् तथा समाजसेवी शिवलाल धिताल अभिनन्दित

गत शनिबार शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल...

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK