अघोषित नाकाबन्दीमा पनि खाद्यान्नको अभाव छैन

ENGLISH

BUSINESS

अघोषित नाकाबन्दीमा पनि खाद्यान्नको अभाव छैन

28 September, 2015 | Sandeep Bhattarai | 525 Views | comments

khadyannaअघोषित नाकाबन्दीले यहाँ पिठो, चामल र दाललगायत अन्य कुनै खाद्यान्नको समस्या नरहेको धारणा व्यक्त गरिएको छ ।

मिडिया इन्टरनेसनलले राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले सरकारले ठूला व्यापारी, तथा थोक विक्रेताको खाद्यान्न भण्डारको अवलोकन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले मझौला तथा खुद्रा व्यापारीका कारणबाट खाद्यान्नको मूल्य नबढ्ने तर सरकारबाट खुद्रा व्यापारीलाई दुःख दिने कार्य भएकोमा असन्तोष व्यक्त गर्नुभयो । मित्रराष्ट्र भारतले केही दिनदेखि नेपालमा अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण खाद्यान्नको अवस्थाका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजधानीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालमा २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी गरेको केही दिनपछि भारत सरकारले नेपालका छवटा नाका क्रमशः रुपैडिया, वीरगन्ज, विराटनगर, रक्सौल, काँकडभिट्टा र सुनौलीमा अघोषित नाकाबन्दी गरेको थियो ।

कार्यक्रममा एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले भदौ २९ गतेदेखि नेपालमा ग्यासका बुलेट नभित्रिएको जानकारी गराउनुभयो ।

ग्यास ओसारपसार गर्ने ट्याङ्करलाई बुलेट भनिन्छ । भदौ २९ गते १५७ बुलेट ग्यास नेपाल भित्रिएको थियो भने हिजो एक्कासि भैरहवा नाकाबाट तीनवटा बुलेट भित्रिएका छन् । एक बुलेटले तीन हजार सात सय सिलिन्डर ग्यास बोक्ने गर्छ ।

कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष केदार पौडेल, नेपाल मिटरट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमलगायतले सुरक्षा निकायलाई बाहेक पनि सरकारले सार्वजनिक यातायातका साधनमा इन्धनको व्यवस्था गर्नुपर्ने राय व्यक्त गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK