अगष्ट ६ मा बेलायतमा विश्व आदिवासी दिवस मनाउने

ENGLISH

NRN GLOBAL

अगष्ट ६ मा बेलायतमा विश्व आदिवासी दिवस मनाउने

भरतमणि चोङवाङ,यूके

25 July, 2017 | Sandeep Bhattarai | 2000 Views | comments

बेलायत

आउँदो अगष्ट ६ तारिखका दिन नेपाल आदिवासी जनजाति महासङ्घ यूकेले विश्व आदिवासी दिवस २०१७ भब्यतापूर्वक सम्पन्न गर्ने भएको छ।

कार्यक्रममा नेपालबाट डा. ओम गुरुङ, पूर्व वाणिज्य मन्त्री विजयप्रकाश थेवे, यूकेका लागि नेपाली राजदूत, पहिचानवादी गायक राजन राईलगायतको उपस्थिति रहने अध्यक्ष तुल छन्त्यालले बताउनु भएको छ।

कार्यक्रममा आदिवासी जनजाति आन्दोलनको समिक्षा र चर्चा गरिने साथै विभिन्न जातिको झाँकीहरु प्रस्तुत गरिने जनाईएको छ।

युके मगर संघ, तमु धिं युके, किरात याक्थुङ्ग चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा, छन्त्याल संघ युके, दुरा सेवा समाज, युके शेर्पा संघ, हयाल्मो समाज युके, तामाङ सोसाईटी अफ युके, किरात सुनुवार समाज युके, थकाली सेवा समाज युके आबद्ध जनजाति महासङ्घको कार्यक्रम द प्यालेश हल अल्डरसुटमा, दिउसो १२ बजे देखि बेलुकी ८ बजे सम्म संचालन हुनेछ।

सन् १९९४ देखि विश्व आदिवासी दिवस प्रत्येक बर्षको अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघ मातहत विश्वभर मनाउने गरिन्छ।

न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK