अक्टोबर २८ मा “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले हुने

ENGLISH

NRN GLOBAL

अक्टोबर २८ मा “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले हुने

25 October, 2017 | Bipin Acharya | 2655 Views | comments

युकेको बहु प्रतिक्षित अत्यन्तै चर्चित गायन प्रतियोगिता “एभरेष्ट आईडल युके २०१७” को ग्राण्ड फिनाले अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको छ ।

अत्यन्तै प्रतिभावान प्रतियोगीहरुले पहिलो “एभरेष्ट आईडल युके २०१७” को टाईटल जित्न प्रतिष्पर्धा गर्ने उक्त कार्यक्रमको प्रमुख अतिथी युकेका लागी नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदी (दुबसु), पप गितका प्रबर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए युकेका अध्यक्ष, युकेका बिभिन्न संघ संस्थाका प्रमुख र प्रती निधीहरु, युकेमा रहनु भएका गायक, गीतकार र संगितकारहरु अतिथी रहनु हुने छ ।

अत्यन्तै उत्साहित रुपमा गिती लेखनमा ख्याती प्राप्त गीतकार नीलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक संगितकार तथा गितकार बिसी राई लगायतले एभरेष्ट आईडल बिजेता र टप तीनलाई गित रेकर्ड गरिदिने प्रायोजन प्राप्त भएको छ ।

बिभिन्न ब्यापारिक तथा ब्याग्तिगत रुपमा प्रायोजन गर्नु हुनेहरुमा न्यू लक्ष्मी ज्वेलर्स, पिपल मोर्गेज, देउकी राई, गोर्खा भिल्ला आश्फोर्ड, पुन हिल ग्रोसरी सप, फोर्सेस क्याब, एभरेष्ट सेक्युरिटी सर्भिसेस, गोर्खा प्रोपर्टिज, जेन ट्राभल, काठमाण्डु ज्वेलर्स, गीतकार नीरा पिजि, गोर्खा भिल्ला अल्डर्सट, ‘सुरभी हेयर एण्ड ब्युटी सैलून’ दुर्गा घले र बलराम घले, युरोपा फूडलगायतले प्रायोजन गरेका छन्।

एभरेष्ट आईडल युके द्दण्ज्ञठ मिडिया पार्टनरमा एचकेनेपाल डट कम र विनेपाली डट्कम रहेका छन् ।

गायिका शर्मिला बर्देवा, गायिका सितु खरेल रिमाल र गायक गितकार तथा सँगितकार बिसी राई निर्णायक रहने उक्त फाईनल कार्यक्रममा उपस्थित दर्शक तथा निर्णायकहरुको भोटको आधारमा बिजेता घोषित गरिने छ ।

बिजेताहरुमा प्रथम हुनेले १२ सय पाउण्ड गित रेकर्डिङ कन्ट्र्याक्ट सहित बिभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन भने दोश्रो हुनेले ५ सय पाउण्ड सहित गित रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन ,त्यसै गरी तेश्रो हुनेले २ सय पाउण्ड सहित गित रेकर्डिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

एभरेष्ट आईडल युकेका हेड किसन राईका अनुसार ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको र कार्यक्रमको टिकट बजारमा उपलब्ध गराई सकेको साथै कार्यक्रमका दिन प्रबेश द्वारमा पनि टिकट उपलब्ध गराईने छ । टिकटको प्रयोजन कार्यक्रम स्थल प्रबेश अनि आफुले मन पराएको प्रतियोगीलाई भोट गर्न पनि प्रयोग हुने छ ।

आफुले मन पराएको प्रतियोगीलाई भोट गर्न टिकट आवश्यक पर्ने जानकारी दिंदै बजार ब्यबस्थापन टिमका प्रमुख प्रेम गुरुङले भिआईपि टिकट पनि उपलब्ध रहेको जानकारी दिएका छन् ।

अल्डर्सटको एम्पाएर हलमा आयोजना हुने एभरेष्ट आईडल युके २०१७ युकेको बर्ष २०१७ को बहु प्रतिक्षित र अत्यन्तै चासोका साथ हेरिएको प्रतियोगिता भएकाले यो ऐतिहाँसिक कार्यक्रमको प्रत्यक्षदर्शी भएर कार्यक्रमलाई सफल पार्दै प्रतियोगीहरुलाई हौसला प्रदान गर्दै प्रतिभावान ब्यक्तीहरुलाई प्रबाश मै भए पनि प्रतिभा उजागर गरेर समाज अनि नेपाली सँगित, कला प्रती सदाशयता देखाईदिन ईएमएच युकेले हार्दिक अनुरोध गरेको छ।

एभरेष्ट आईडल युकेलाई भबिश्यमा परिमार्जित गर्दै बिदेश देखी संचालन हुने कार्यक्रमहरु मध्यको प्रमुख मनोरन्जनात्मक प्रतिष्पर्धा बनाउने योजनाका साथ आफु र आफ्नो टिमले काम गरिरहेको जानकारी दिंदै ईएमएच लिमिटेड युके भ्ःज् ीतम। ग्प् का सिईओ ईश्वर चाम्लिङले यो पटक हतारमा सिमित श्रोत र साधनका बिच कार्यक्रम आयोजना गर्नु परेकाले पनि भने जस्तो धेरै गर्न नसकिएको भए पनि आशा गरे भन्दा धेरै राम्रो कार्यक्रममा सहभागी र धेरै आशिर्बाद र सुभेच्छ्या प्राप्त हुनु हाम्रो लागी उत्साहको कुरा हो, ग्राण्ड फिनालेको लागी टार्गेट दर्शक संख्याको टिकेट अहिले नै बिक्री भएको र अत्यन्तै धेरैले कार्यक्रममा सहभागी हुने जानकारी दिनु भएकाले हामी सारै उत्साहित रहेका छौ र तयारी पनि त्यसरि नै कार्यक्रम अत्यधिक सफल हुने गरी सबै सेलले गरिरहेको जानकारी हेड अफ सेलहरुले दि रहनु भएकाले पनि म कार्यक्रम सफल रुपमा सम्पन्न हुने प्रती ढुक्क छु, भन्दै कार्यक्रम सफल हुने प्रती सिईओले आफ्नो कुरा राखे ।

साँझ ५ बजे देखी शुरु हुने एभरेष्ट आईडल युके २०१७ मिस युके २०१४ निया देवान र ईएमएच लिमिटेड युकेका ईभेन्ट सेल प्रमुख नबराज राईले कार्यक्रम संचालन गर्ने छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK